यसबारे बाइबलले पहिले नै बताएको थियो
● “कुनै पनि बार्तालाप अहिलेसम्म तुरुन्तातुरुन्तै सुरु भएको छैन नता छिटो भन्दा छिटो नै भएको छ। जतिसुकै महत्त्वपूर्ण प्रश्न भए तापनि कसैले पनि तुरुन्त सोधि हाल्दैन भने जवाफ दिनै पर्छ भन्ने पनि छैन। सोच्ने समय दिनु नै वार्तालाप सुरु गर्ने र कायम राख्ने शिष्ट तरिका हो। लाकोटाजातिमा चुप लागेर बस्नु अर्थपूर्ण छ। . . . विनम्र हुनुका साथै ‘वचनअघि विचार आउँछ’ भन्ने तिनीहरूको नियम व्यवहारमा उतारेर तिनीहरू [यसो] गर्छन्।”—लुथर स्टान्डिङ बियर, ओग्लाला सिओक्स चीफ (१८६८?-१९३९)।
“मेरा प्यारा भाइ हो, तिमीहरूलाई यो थाह छ। तर हरेक मानिस सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो र रिसाउनालाई धीमा होस्।”—याकूब १:१९, बाइबल (सा.यु. प्रथम शताब्दी)।
“जवाफ दिनअघि धर्मीहरू सोच्दछन्, तर दुष्टले दिएको तत्काल जवाफमा दुष्ट्याइँ भरिएको हुन्छ।”—हितोपदेश १५:२८, बाइबल (करिब सा.यु.पू. आठौं शताब्दीतिर)।
“मूर्ख मानिसले रीस पोखाउँछ, तर बुद्धिमान मानिसले पर्खेर त्यो शान्त हुनदिन्छ।”—हितोपदेश २९:११, बाइबल (करिब सा.यु.पू. आठौं शताब्दीतिर)।
[पृष्ठ २७-मा भएको चित्रको स्रोत]
Photo by David Barry, the Denver Public Library, Western History Collection