“मह खाएजस्तै भयो”
सन् १९९३ सालको बीचतिर स.रा.अ. ओक्लाहोमास्थित आल्टस शहरमा भएको घटना हो। सं.रा.को हवाई सेनाका प्रमुख अधिकृतले आफ्नी छोरीको निम्ति मदत माग्दै प्रार्थना गरे। किनभने वैवाहिक कचिंगलले गर्दा छोरीले पारपाचुके गर्नेबारे सोचिरहेकी थिइन्। त्यसको भोलिपल्ट बिहान यहोवाको साक्षी तिनको ढोकामा आइपुगे र जुलाई ८, १९९३ अंकको ब्यूँझनुहोस्! (अंग्रेजी) दिए। त्यो पत्रिकाको विषय थियो, “पारपाचुके—सुखी जीवनको ढोका?”
यो मानिसलाई साक्षीहरू कहिल्यै मन परेको थिएन र तिनीहरूको कुरा कहिल्यै सुनेका थिएनन् तैपनि त्यो ब्यूँझनुहोस्! पत्रिका लिएर पढ्न थाले। पछि तिनले यसमा उल्लिखित शास्त्रपद तथा बुँदाहरू आफ्नी छोरीलाई बताए। ब्यूँझनुहोस्! पत्रिकाको साथमा दिइएको प्रहरीधरहरा पनि तिनले पढ्न थाले। तिनले जिन्दगीभर विश्वास गर्दै आएको त्रिएकबारे पनि गहिरिएर सोच्न लगाउने लेख उक्त पत्रिकामा थियो। आफ्नी छोरीको लागि गरेको प्रार्थना सुनुवाइ भएको तिनले महसुस गरे। तर त्रिएकमा विश्वास नराख्ने मानिसहरू मार्फत परमेश्वरले जवाफ दिनुको कारण के होला भनेर तिनी छक्क परे। सत्य कुरा नसिकाउँदा हुन् त परमेश्वरले जवाफ दिन ती मानिसहरू पठाउनुहुन्नथ्यो भनी तिनले तर्क गरे।
अतः त्रिएकबारे थप जानकारी हासिल गर्न केही साहित्यहरू लिने उद्देश्यले यहोवाका साक्षीहरूको राज्यभवनमा टेलिफोन गरे। टेलिफोन उठाउने व्यक्ति मसीही प्राचीनहरूको सभामा उपस्थित हुन त्यहाँ आएका रहेछन्। हवाई सेनाका उक्त अधिकृत तुरुन्तै राज्यभवन गई तपाईं पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक र के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो? पुस्तिका लिएर फर्के।
त्यसै रात ती मानिसले पूरै पुस्तिका पढे। पढ्दापढ्दै तिनी यति जोस्सिए कि ‘धेरै नजोस्सिऊ’ भनी आफूलाई सम्झाउनुपरेको कुरा तिनले पछि बताए। ‘यस्तो पनि हुन्छ र? ओहो, पत्याउनै गाह्रो।’ त्यस पुस्तिकाले त्रिएकको विपक्षमा बाइबलका प्रमाणहरू यति स्पष्टसित वर्णन गऱ्यो कि “मह खाएजस्तै भयो” भनी तिनले बताए। त्यसको भोलिपल्टै यहोवाका साक्षीहरूको सभामा पहिलो चोटि उपस्थित भए र त्यहाँ सुनेको कुराले दंग परे।
यहोवाका साक्षीहरूसित पहिलो चोटि बाइबल अध्ययन र धूम्रपानप्रति बाइबलको दृष्टिकोणबारे विस्तृत छलफल गरेपछि त्यसउप्रान्त तिनले कहिल्यै चुरोट पिएनन्। हप्तामा निकै चोटि तिनीसित बाइबल अध्ययन गरियो। त्रिएक पुस्तिका पढेको तीन महिना र सेनाबाट अवकाश लिएपछि तिनी साक्षीहरूसित जन प्रचारकार्यमा भाग लिन थाले। तीन महिनापछि यहोवा परमेश्वरप्रतिको समर्पणलाई बप्तिस्माद्वारा जनसमक्ष प्रकट गरे। अहिले तिनी पूर्ण-समय प्रचारकको हैसियतमा सेवारत् छन्।