प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. २२
  • चार जना चेलाहरूलाई बोलावट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चार जना चेलाहरूलाई बोलावट
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • चार जना चेला मानिसहरूको जलारी हुन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • मानिसहरू पक्रने जलारी भएर सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • डर र शङ्‌काविरुद्ध सङ्‌घर्ष
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • माछा मार्ने जालहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. २२

२२

चार जना चेलाहरूलाई बोलावट

येशूको बासस्थान नासरतमा मानिसहरूले उहाँलाई मार्ने प्रयत्न गरेपछि उहाँ गालील समुद्र नजिकको कफर्नहुम सहरमा जानुहुन्छ। यसबाट पनि यशैयाद्वारा गरिएको एउटा अर्को भविष्यवाणी पूरा हुन्छ। यो त्यही भविष्यवाणी हो जसद्वारा समुद्र नजिक बस्ने गालीलका मानिसहरूले एउटा ठूलो ज्योति देख्नेछन्‌ भनिएको थियो।

येशूले ज्योति दिने राज्य प्रचारको काम गरिरहनुभएको बेला आफ्ना चार जना चेलाहरू फेला पार्नुहुन्छ। यिनीहरूले उहाँसँग पहिले पनि भ्रमण गरिसकेका थिए तर येशूसँग यहूदिया फर्किंदा तिनीहरू आफ्नो पहिलेको माछा व्यापार गर्न गएका थिए। सम्भवतः येशूले अब तिनीहरूलाई खोजेर फेला पार्नुहुन्छ किनकि आफू गइसकेपछि स्थिर भएर लगातार सेवाको काम गर्ने सहयोगीहरूलाई शिक्षा दिने समय आइसकेको छ।

त्यसकारण समुद्रको किनारमा यसै डुलिरहेको बेला येशूले सिमोन पत्रुस र उनका साथीहरूलाई जालहरू धोइरहेका देखेपछि तिनीहरूका नजिक उहाँ जानुहुन्छ। उहाँ पत्रुसको डुङ्‌गामा चढ्‌नुहुन्छ र डुङ्‌गालाई किनारबाट अलिक पर लैजान भन्‍नुहुन्छ। अलिक पर गइसकेपछि येशू डुङ्‌गामा बस्नुहुन्छ र त्यहींबाट किनारमा उभिएका भीडलाई शिक्षा दिन सुरु गर्नुहुन्छ।

त्यसपछि पत्रुसलाई येशू भन्‍नुहुन्छ: “डुङ्‌गालाई गहिरो ठाउँतिर लैजाऊ र माछा समात्न तिमीहरूले आ-आफ्ना जाल खसाल।”

पत्रुस जवाफ दिन्छन्‌: “गुरुज्यू, हामीले रातभरि मेहनत गऱ्‍यौं तर केही भेट्टाएनौं, तैपनि तपाईंको आग्रहमा म जाल खसाल्नेछु।”

जाल हानेपछि त्यसमा यति थुप्रो माछा पर्छ कि तिनीहरूको जाल नै फाट्‌न थाल्छ। तुरुन्तै तिनीहरूले अर्को डुङ्‌गामा भएका साथीहरूलाई आएर मदत गर्न भनेर इशारा गर्छन्‌। चाँडै नै दुवै डुङ्‌गा यति थुप्रो माछाले भरिन्छ कि डुङ्‌गाहरू नै डुब्न लाग्छन्‌। यो देखेर पत्रुस येशूका पाउमा घोप्टो परेर भन्छन्‌: “हे प्रभु, म पापी मानिस हुँ, त्यसैले मदेखि टाढा गइहाल्नुहोस्‌।”

येशू जवाफ दिनुहुन्छ: “डराउन छोड। अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।”

पत्रुसका भाइ अन्द्रियासलाई पनि निमन्त्रणा दिंदै येशू भन्‍नुहुन्छ: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।” माछा समात्ने तिनीहरूका साथीहरू अर्थात्‌ जब्दीका छोराहरू याकूब र यूहन्‍नालाई पनि सोही निमन्त्रणा दिइन्छ र तिनीहरू पनि कुनै हिचकिचाहटबिना उहाँका पछि लाग्छन्‌। यसप्रकार यी चारै जना माछाको व्यापार छाडेर येशूका प्रथम चार जना स्थिर र नियमित चेलाहरू हुन्छन्‌। लूका ५:१-११; मत्ती ४:१३-२२; मर्कूस १:१६-२०; यशैया ९:१, २.

▪ चेलाहरूलाई आफ्नो पछि लाग्न येशू किन भन्‍नुहुन्छ र तिनीहरू को-को हुन्‌?

▪ कुनचाहिं चमत्कार देखेर पत्रुस भयभीत हुन्छन्‌?

▪ कुन प्रकारको माछा समात्ने काम गर्न येशू आफ्ना चेलाहरूलाई निमन्त्रणा दिनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने