प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर पृ. ५
  • दादागिरीको सिकार हुनुपर्दा यहोवामा भर पर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दादागिरीको सिकार हुनुपर्दा यहोवामा भर पर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • कसैले स्कुलमा दादागिरी देखाउँदा के गरूँ?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • मेरो छोरा दादागिरीको शिकार हुँदै छ भने के गर्ने?
    परिवारका लागि
  • दादागिरी गर्नु—यसमा के खराबी छ र?
    ब्यूँझनुहोस्‌!—१९९७
  • “मैले आफ्नो ज्यानै गुमाउनुपरे पनि म तयार छु”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर पृ. ५
एक किशोरी आफ्नो आमाबुबालाई फोन देखाउँदै आफूले महसुस गरेको कुरा बताउँदै छिन्‌। आमाबुबा तिनको कुरा ध्यान दिएर सुन्दै छन्‌।

ख्रिष्टियन जीवन

दादागिरीको सिकार हुनुपर्दा यहोवामा भर पर्नुहोस्‌

दादागिरीको सिकार हुँदा हामीलाई भावनात्मक र शारीरिक रूपमा पीडा हुन सक्छ। यहोवाको साक्षी भएकोले गिल्ला गरिँदा हामी डरायौँ भने त्यसले हाम्रो आध्यात्मिकतामा समेत हानि पुऱ्‍याउन सक्छ। दादागिरीको सिकार हुँदा हामी के गर्न सक्छौँ?

यहोवाका थुप्रै उपासक उहाँमा भर परेर दादागिरीको सामना गर्न सफल भएका छन्‌। (भज १८:१७) उदाहरणको लागि, एस्तरले साहसी भई हामानको दुष्ट चालको पर्दाफास गरिन्‌। (एस्त ७:​१-६) तर त्यसो गर्नुअघि उनले उपवास बसेर यहोवामा भर परेको देखाइन्‌। (एस्त ४:​१४-१६) उनले गरेको काममा यहोवाले आशिष्‌ दिनुभयो र उनलाई अनि सम्पूर्ण यहुदीलाई जोगाउनुभयो।

जवानहरू हो, दादागिरीको सिकार हुनुपर्दा मदतको लागि यहोवालाई गुहार्नुहोस्‌ अनि आफ्नो समस्याबारे परिपक्व व्यक्‍तिसित कुरा गर्नुहोस्‌, जस्तै: आमाबुबा। एस्तरलाई जस्तै यहोवाले तपाईँलाई पनि मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। दादागिरीको सिकार हुनुपर्दा तपाईँ अरू के गर्न सक्नुहुन्छ?

मेरो किशोरावस्था—म कसरी दादागिरीको सामना गर्न सक्छु? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • किशोरकिशोरीले चार्ली र फिरिनको अनुभवबाट के सिक्न सक्छन्‌?

  • छोराछोरीलाई दादागिरीको सामना गर्न मदत गर्ने सन्दर्भमा चार्ली र फिरिनले बताएका कुराहरूबाट आमाबुबाले के सिक्न सक्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने