प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 डिसेम्बर पृ. ३
  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • प्रचारमा हाम्रो वेबसाइट चलाउनुहोस्‌—“अक्सर सोधिने प्रश्‍नहरू”
    हाम्रो राज्य सेवा—२०१४
  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 डिसेम्बर पृ. ३

हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन

“सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार” गर्नू भनी येशूले आज्ञा दिनुभयो। (मत्ती २४:१४) ‘हामीलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्न’ सकोस्‌ भनेर तीनवटा वेब साइटलाई (watchtower.org, jw-media.org र jw.org) एउटैमा गाभेर नयाँ डिजाइनको jw.org बनाइएको छ।—२ तिमो. ४:५.

“सारा पृथ्वीभरि”: विश्‍व जनसङ्‌ख्याको एक तिहाइ जति मानिसहरू इन्टरनेट चलाउँछन्‌। थुप्रैले, अझ खासगरि जवानहरूले विभिन्‍न जानकारी प्राप्त गर्नको लागि इन्टरनेट नै प्रयोग गर्छन्‌। इन्टरनेट प्रयोगकर्ताहरूले हाम्रो साइटमार्फत बाइबल प्रश्‍नहरूको सही जवाफ पाउन सक्छन्‌; यहोवाको सङ्‌गठनबारे थाह पाउन सक्छन्‌। साथै उनीहरूले निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि आग्रह गर्न सक्छन्‌। यसले गर्दा राज्यको सुसमाचार सुन्‍ने मौका त्यति नभएको इलाकाका मानिसहरूले समेत सजिलै सुन्‍न सक्छन्‌।

“सबै जातिलाई”: “सबै जातिलाई” साक्षी दिन बाइबल सत्य विभिन्‍न भाषामा उपलब्ध हुनुपर्छ। अरू वेब साइटको तुलनामा jw.org मा लगभग ४०० भाषामा जानकारी उपलब्ध छ। त्यसैले इन्टरनेट प्रयोगकर्ताहरूले सजिलै जानकारी पाउन सक्छन्‌। (कुनै-कुनै भाषामा पूरै वेब साइट उपलब्ध छैन।)

यसको सदुपयोग गर्नुहोस्‌: नयाँ डिजाइन गरिएको वेब साइट jw.org गैर साक्षीहरूका लागि मात्र होइन; यहोवाका साक्षीहरूको लागि पनि हो। इन्टरनेटको सुविधा छ भने jw.org सित परिचित हुन हामी तपाईंलाई प्रोत्साहन दिन चाहन्छौं। यो प्रयोग गर्ने तरिकाबारे केही सुझाव तल दिइएका छन्‌।

[पृष्ठ ३-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

प्रयोग गर्ने तरिका

१ इन्टरनेटमा www.jw.org टाइप गर्नुहोस्‌।

२ स्तम्भ, मेनु अनि लिङ्‌क-मा क्लिक गरेर साइटको विभिन्‍न पक्ष हेर्नुहोस्‌।

३ मोबाइलबाट इन्टरनेट चलाउन सकिन्छ भने jw.org हेर्नुहोस्‌। स्क्रिन सानो भए तापनि ठूलो स्क्रिनमा जत्तिकै सबै जानकारी हेर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने