प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ९६ पृ. २२४-पृ. २२५ अनु. २
  • येसु सावललाई रोज्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु सावललाई रोज्नुहुन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • खेदो गर्ने व्यक्‍तिले तेजिलो ज्योति देख्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • तिनले आफ्नो सोचाइ नयाँ बनाए
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • दमीशक जाने बाटो
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “मण्डलीमा शान्ति छायो”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ९६ पृ. २२४-पृ. २२५ अनु. २
सावलको चारैतिर ज्योति चम्किरहेको छ

पाठ ९६

येसु सावललाई रोज्नुहुन्छ

सावल रोमी नागरिक थिए र तिनी टार्ससमा जन्मिएका थिए। तिनी एक जना फरिसी थिए र यहुदी व्यवस्थामा पोख्त थिए। तिनी ख्रिष्टियनहरूलाई घृणा गर्थे। तिनी घरघर पसेर ख्रिष्टियन पुरुषहरू र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँथे र जेलमा हालिदिन्थे। रिसाएको भीडले स्तिफनसलाई ढुङ्‌गाले हानेर मार्दा समेत तिनी हेरेर बसिरहेका थिए।

तर सावललाई यरुसलेमका ख्रिष्टियनहरूलाई मात्र जेलमा हालेर चित्त बुझेन। तिनले दमिसक गएर त्यहाँका ख्रिष्टियनहरूलाई पक्रेर ल्याउन प्रधानपुजारीसँग अनुमति मागे। दमिसक पुग्नै लाग्दा अचानक तिनको चारैतिर ज्योति चम्कियो र तिनी भुईँमा पछारिए। तिनले यस्तो आवाज सुने: “सावल, तिमी किन मेरो खेदो गर्दै छौ?” तिनले सोधे: “तपाईँ को हुनुहुन्छ?” उहाँले भन्‍नुभयो: ‘म येसु हुँ। दमिसक जाऊ र तिमीले के गर्नुपर्छ, त्यो तिमीलाई बताइनेछ।’ उत्तिखेरै तिनले देख्न सकेनन्‌। त्यसैले तिनलाई हात समातेर दमिसकसम्म पुऱ्‍याई दिनुपऱ्‍यो।

दमिसकमा हननिया भन्‍ने एक वफादार ख्रिष्टियन बस्थे। दर्शनमा येसुले तिनलाई भन्‍नुभयो: ‘सीधा भन्‍ने मार्गमा यहुदाको घरमा जाऊ र सावललाई खोज।’ हननियाले भने: ‘प्रभु, मलाई ती मानिसबारे सबै कुरा थाह छ। तिनी तपाईँका चेलाहरूलाई जेलमा हाल्दै छन्‌।’ तर येसुले भन्‍नुभयो: ‘तिनीकहाँ जाऊ। मैले तिनलाई जातिजातिका मानिसहरूलाई सुसमाचार सुनाउन रोजेको छु।’

चम्किलो ज्योति हेरेपछि सावल देख्न नसक्ने हुन्छन्‌

त्यसैले हननियाले सावललाई भेटेर भने: ‘भाइ सावल, तपाईँको दृष्टि फर्काउन येसुले मलाई पठाउनुभएको हो।’ उत्तिखेरै तिनले देख्न सके। तिनले येसुबारे सिके र उहाँको चेला बने। बप्तिस्मा गरेर ख्रिष्टियन बनेपछि तिनले अरू ख्रिष्टियनसँगै सभाघरहरूमा प्रचार गर्न थाले। तिनले येसुबारे मानिसहरूलाई सिकाएको देख्दा यहुदीहरू कत्ति छक्क परे होलान्‌ हगि? तिनीहरूले भने: ‘के यो त्यही मानिस होइन र, जसले येसुका चेलाहरूको खेदो गर्थ्यो?’

तिनले तीन वर्ष दमिसकका मानिसहरूलाई प्रचार गरे। यहुदीहरूले तिनलाई घृणा गरे र मार्न योजना बनाए। तर भाइहरूले त्यस योजनाबारे थाह पाए र तिनलाई भाग्न मदत गरे। तिनीहरूले तिनलाई टोकरीमा राखेर सहरको पर्खालको झ्यालबाट ओराले।

यरुसलेम पुगेपछि तिनले भाइहरूलाई भेट्‌न खोज्दा उनीहरू डराए। त्यसपछि बर्णाबास भन्‍ने एक दयालु चेलाले तिनलाई प्रेषितहरूकहाँ लगे र तिनी साँच्चै परिवर्तन भएका छन्‌ भनेर विश्‍वस्त बनाए। तिनले जोसिलो हुँदै यरुसलेमको मण्डलीसँगै सुसमाचार प्रचार गर्न थाले। पछि तिनी पावल भनेर चिनिन थाले।

“ख्रिष्ट येसु यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो। यिनीहरूमध्ये मचाहिँ मुख्य हुँ।”—१ तिमोथि १:१५

प्रश्‍नहरू: ख्रिष्टियनहरू किन सावलदेखि डराउँथे? सावल किन परिवर्तन भए?

प्रेषित ७:५४–८:३; ९:१-२८; १३:९; २१:४०–२२:१५; रोमी १:१; गलाती १:११-१८

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने