प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पाठ ५५ पृ. १३२
  • यहोवाको स्वर्गदूतले हिजकियाहको रक्षा गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको स्वर्गदूतले हिजकियाहको रक्षा गरे
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तिनले यहोवा परमेश्‍वरलाई कहिल्यै त्यागेनन्‌”
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • राजा हिजकियाहलाई परमेश्‍वर मदत गर्नुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • सात गोठाला र आठ मुखिया को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • हिजकियाहले आफ्नो विश्‍वासको इनाम पाए
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पाठ ५५ पृ. १३२
एक जना स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा आक्रमण गर्दै छन्‌

पाठ ५५

यहोवाको स्वर्गदूतले हिजकियाहको रक्षा गरे

अस्सेरियाली साम्राज्यले इस्राएलको दस-गोत्रे राज्यमाथि कब्जा जमाइसकेको थियो। अब भने अस्सेरियाका राजा सनहेरिब यहुदाको दुई-गोत्रे राज्यमाथि कब्जा जमाउन चाहन्थे। तिनले एकपछि अर्को गर्दै यहुदाका सहरहरू जित्न थाले। तिनले सबैभन्दा चाह गरेको सहरचाहिँ यरुसलेम थियो। तर तिनलाई यहोवा परमेश्‍वरले यरुसलेमको सुरक्षा गर्दै हुनुहुन्छ भनेर थाह थिएन।

यरुसलेममाथि हमला नगर्न यहुदाका राजा हिजकियाहले सनहेरिबलाई धेरै पैसा दिए। सनहेरिबले त्यो पैसा लिए तापनि तिनले यरुसलेममाथि आक्रमण गर्न शक्‍तिशाली सेना पठाए। अस्सेरियाली सेना झन्‌झनै नजिक आइपुगेको देखेर सहरका मानिसहरू डराए। तब हिजकियाहले तिनीहरूलाई भने: ‘नडराओ, अस्सेरियालीहरू शक्‍तिशाली छन्‌ तर यहोवा परमेश्‍वरले हामीलाई तिनीहरूभन्दा शक्‍तिशाली बनाउनुहुनेछ।’

सनहेरिबले यरुसलेमका मानिसहरूको खिल्ली उडाउन आफ्नो सन्देशवाहक रबसाकेलाई पठाए। रबसाके सहरबाहिर उभिएर यसो भन्दै कराए: ‘यहोवाले तिमीहरूलाई मदत गर्न सक्दैन। हिजकियाहले तिमीहरूलाई बहकाउन नपाओस्‌। तिमीहरूलाई हामीबाट बचाउन सक्ने कोही ईश्‍वर छैन।’

हिजकियाहले के गरौँ भनेर यहोवा परमेश्‍वरलाई सोधे। यहोवा परमेश्‍वरले यस्तो जवाफ दिनुभयो: ‘रबसाकेको कुरा सुनेर नडराऊ। सनहेरिबले यरुसलेमलाई कब्जा गर्नेछैन।’ त्यसपछि हिजकियाहले सनहेरिबबाट केही पत्रहरू पाए, जसमा यस्तो लेखिएको थियो: ‘आफूलाई हाम्रो हातमा सुम्पिदेओ। यहोवाले तिमीहरूलाई बचाउन सक्दैन।’ हिजकियाहले यसो भनेर प्रार्थना गरे: ‘हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई जोगाउनुहोस्‌ ताकि सबै मानिसहरूले तपाईँ मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाऊन्‌।’ परमेश्‍वरले भन्‍नुभयो: ‘अस्सेरियाको राजा यरुसलेममा छिर्नेछैन, म मेरो सहरको रक्षा गर्नेछु।’

यरुसलेममाथि चाँडै जित हासिल गर्ने कुरामा सनहेरिब पक्का थिए। तर एक रात यहोवाले सहरबाहिर छाउनीमा बसिरहेका सिपाहीहरू भएको ठाँउमा एक जना स्वर्गदूत पठाउनुभयो। ती स्वर्गदूतले १ लाख ८५ हजार सिपाहीलाई मारे! राजा सनहेरिबले सबैभन्दा शक्‍तिशाली सिपाहीहरू गुमाए। तिनीसँग हार मानेर घर फर्कनुबाहेक अरू कुनै विकल्प रहेन। यहोवाले आफ्नो प्रतिज्ञाअनुसारै हिजकियाह र यरुसलेमको रक्षा गर्नुभयो। यदि तिमी त्यहाँ यरुसलेममा भएको भए यहोवामाथि भरोसा राख्थ्यौ?

“यहोवासित डराउनेहरूको चारैतिर उहाँका स्वर्गदूतले छाउनी हाल्नेछन्‌ अनि उहाँले तिनीहरूको उद्धार गर्नुहुनेछ।”—भजन ३४:७

प्रश्‍नहरू: यहोवाले कसरी यरुसलेमको रक्षा गर्नुभयो? के तिमीलाई यहोवाले तिम्रो पनि रक्षा गर्नुहुन्छ जस्तो लाग्छ?

२ राजा १७:१-६; १८:१३-३७; १९:१-३७; २ इतिहास ३२:१-२३

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने