प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yc पाठ ८ पृ. १८-१९
  • योशियाहका असल साथीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • योशियाहका असल साथीहरू
  • छोराछोरीलाई सिकाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • तिनले मानिसहरूलाई यहोवाकहाँ फर्कन मदत गरे
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • योसियाह परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • नम्र योशियाहले यहोवाको अनुग्रह पाएका थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • इस्राएलको अन्तिम असल राजा
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
छोराछोरीलाई सिकाउनुहोस्‌
yc पाठ ८ पृ. १८-१९
राजा योशियाहले साथी यर्मियाको कुरा सुन्छन्‌

पाठ ८

योशियाहका असल साथीहरू

तिम्रो विचारमा राम्रो काम गर्न सजिलो छ कि गाह्रो?— धेरै जनालाई राम्रो काम गर्न गाह्रो लाग्छ। योशियाह नामको केटालाई पनि त्यस्तै लागेको थियो भनेर बाइबल बताउँछ। तर उसलाई मदत गर्ने असल साथीहरू पनि थिए। अब हामी योशियाह र उसको साथीहरूबारे पढौं है त!

योशियाहको बुबाको नाम आमोन थियो। आमोन यहूदा भन्‍ने ठाउँको राजा थियो। आमोन धेरै खराब थियो। ऊ मूर्तिपूजा गर्थ्यो। आमोन मरेपछि उसको सट्टा योशियाह यहूदाको राजा बन्छ। तर योशियाह राजा बन्‍ने बेलामा आठ वर्षको मात्र थियो। योशियाह पनि उसको बुबाजस्तै खराब थियो कि?— अहँ! थिएन।

भविष्यवक्‍ता सपन्याह यहूदाका मानिसहरूलाई यहोवाको सन्देश बताउँछन्‌

मूर्तिपूजा गर्नु हुँदैन भनेर सपन्याहले मान्छेहरूलाई भन्यो

सानैदेखि योशियाह यहोवालाई खुसी पार्न चाहन्थ्यो। त्यसैले उसले यहोवालाई माया गर्नेहरूलाई मात्र आफ्नो साथी बनायो। अनि ती साथीहरूले योशियाहलाई राम्रो काम गर्न मदत गरे। योशियाहका साथीहरू को-को थिए?

उसको एक जना साथीको नाम सपन्याह थियो। भविष्यमा के-के हुन्छ भनेर सपन्याहले अरूलाई बताउँथ्यो। यहूदाका मान्छेहरूले मूर्तिपूजा गरिरहे भने तिनीहरूलाई नराम्रो हुनेछ भनेर सपन्याहले भन्‍ने गर्थ्यो। योशियाहले सपन्याहको कुरा मान्यो र यहोवाको सेवा गऱ्‍यो। योशियाहले मूर्तिपूजा गरेन।

योशियाहको अर्को साथीको नाम यर्मिया थियो। योशियाह र यर्मियाको उमेर उस्तै-उस्तै थियो। उनीहरूको घर पनि नजिकै थियो। उनीहरू धेरै मिल्ने साथी थिए। त्यसैले योशियाह मर्दा यर्मिया असाध्यै दुःखी भयो। यर्मियाले योशियाहको लागि एउटा गीत पनि लेख्यो। त्यो गीतमा यर्मियाले योशियाहको धेरै याद आउँछ भनेर लेखेको थियो। यर्मिया र योशियाह दुवैले एकअर्कालाई राम्रो काम गर्न र यहोवाको आज्ञा मान्‍न मदत गरे।

यर्मिया र योशियाहले एकअर्कालाई मदत गरे

योशियाहको कथा पढेर तिमीले के सिक्यौ?— सानो भए पनि योशियाह राम्रो काम गर्न चाहन्थ्यो। यहोवालाई माया गर्ने मान्छेलाई मात्र साथी बनाउनुपर्छ भनेर उसलाई थाह थियो। तिम्रा साथीहरूले पनि यहोवालाई माया गर्छन्‌ कि गर्दैनन्‌? अनि तिमीलाई राम्रो काम गर्न मदत गर्छन्‌ कि गर्दैनन्‌?

बाइबल खोलेर पढ

  • २ इतिहास ३३:२१-२५; ३४:१, २; ३५:२५

प्रश्‍न:

  • योशियाहको बुबाको नाम के थियो? ऊ कस्तो मान्छे थियो?

  • सानै भए पनि योशियाह के गर्न चाहन्थ्यो?

  • योशियाहको दुई जना साथीको नाम के हो?

  • योशियाहको कथा पढेर तिमीले के सिक्यौ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने