प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm भाग ८ पृ. ११
  • इस्राएलीहरू कनान प्रवेश गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इस्राएलीहरू कनान प्रवेश गर्छन्‌
  • बाइबल—यसले दिने सन्देश के हो?
  • मिल्दोजुल्दो सामग्री
  • यहोशूको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • राहाब जासुसहरूलाई लुकाउँछे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तिनले अनौठो निर्देशन पालन गरे
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • यहोशूले कहल्यै नबिर्सेको कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
बाइबल—यसले दिने सन्देश के हो?
bm भाग ८ पृ. ११
पुजारीहरूले तुरही फुक्दै गर्दा यहोशूले युद्धको लागि घोषणा गरे

भाग ८

इस्राएलीहरू कनान प्रवेश गर्छन्‌

कनान देशमाथि विजय हासिल गर्न यहोशू इस्राएलको नेतृत्व लिन्छन्‌। आफ्ना जनहरूलाई थिचोमिचोबाट छुटकारा दिन यहोवा न्यायकर्ताहरूलाई बलियो पार्नुहुन्छ

इस्राएलीहरू कनान प्रवेश गर्नुभन्दा सयौं वर्षअघि यहोवाले उक्‍त देश अब्राहामका सन्तानलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। अब भने यहोशूको नेतृत्वमा इस्राएलीहरूले प्रतिज्ञा गरिएको त्यस देश कब्जा गर्नै आँटेका थिए।

परमेश्‍वरले कनानीहरूलाई विनाशको योग्य ठहऱ्‍याउनुभएको थियो। अत्यन्तै भ्रष्ट यौन प्रचलन तथा जथाभावी मारकाटमा देश चुर्लुम्म डुबेको थियो। त्यसैले इस्राएलीहरूले कब्जा गरेका कनानी सहरहरू पूर्णतया विनाश गरिने थियो।

तर त्यस देशमा प्रवेश गर्नुअघि यहोशूले दुई जनालाई जासुसी गर्न पठाए। तिनीहरू यरीहो सहरमा राहाब नाउँ गरेकी स्त्रीकहाँ बसे। तिनले ती जासुसहरूलाई आफ्नो घरमा राखिन्‌ र तिनीहरू इस्राएलीहरू हुन्‌ भन्‍ने थाह हुँदा-हुँदै सुरक्षा दिइन्‌। राहाब इस्राएलीहरूका परमेश्‍वरमा विश्‍वास गर्थिन्‌ किनकि यहोवाले आफ्ना जनहरूलाई बचाउन गर्नुभएका उद्धारका कामहरूबारे तिनले सुनेकी थिइन्‌। तिनले ती जासुसहरूलाई तिनी र तिनको परिवारलाई नमार्न शपथ खान लगाइन्‌।

पछि इस्राएलीहरू कनान प्रवेश गरेर यरीहो विरुद्ध खडा हुँदा यहोवाले यरीहोको पर्खाल चमत्कारपूर्ण तरिकामा गर्ल्यामगुर्लुम ढाल्नुभयो। यहोशूका मानिसहरू हुर्रिदै अघि बढे र सहर नाश गरे। तर तिनीहरूले राहाब र तिनका परिवारलाई भने केही गरेनन्‌। त्यसपछि छ वर्षसम्म चलेको सैन्य अभियानमा यहोशूले द्रुत गतिमा एकपछि अर्को गर्दै प्रतिज्ञा गरिएको त्यस देशको ठूलो भाग कब्जा गरे। अनि त्यो भूमि इस्राएलका कुलहरूमा बाँडियो।

कनानको नक्सा[पृष्ठ ११-मा भएको नक्शा]

आफ्नो जीवनको अन्ततिर यहोशूले मानिसहरूलाई भेला गराए। तिनले तिनीहरूका पुर्खासित यहोवाले गर्नुभएको व्यवहारबारे सम्झाए र तिनीहरूलाई उहाँको सेवा गर्न अनुरोध गरे। तर जब यहोशू र तिनीसँगै सेवा गरेकाहरू मरे तब इस्राएलीहरूले झूटा देवताहरूको पूजा गर्न यहोवालाई त्यागे। लगभग ३०० वर्षसम्म त्यस राष्ट्रले एकनासले यहोवाका आज्ञाहरू मानेन। त्यस समयमा यहोवाले इस्राएललाई पलिश्‍तीजस्ता तिनीहरूका शत्रुहरूको थिचोमिचोमा पर्न दिनुभयो। तर जब ती इस्राएलीहरूले मदतको लागि यहोवालाई पुकारे तब उहाँले तिनीहरूलाई बचाउन बाह्रै कुलमा न्यायकर्ताहरू खडा गर्नुभयो।

न्यायकर्त्ताको पुस्तकमा पाइने न्यायकर्ताहरूको विवरण ओत्निएलबाट सुरु भएर संसारमा अहिलेसम्म बाँचेकामध्ये सबैभन्दा बलियो पुरुष शिमशोनमा गएर अन्त हुन्छ। न्यायकर्त्ताको पुस्तकमा लिपिबद्ध रोमाञ्चकारी विवरणमा बारम्बार दोहोऱ्‍याएको मुख्य कुरा यो हो: यहोवाप्रति आज्ञाकारी हुँदा आशिष्‌ पाइन्छ, अनाज्ञाकारी हुँदा विपत्ति भोग्नुपर्छ।

— यहोशू; न्यायकर्त्ता; लेवी १८:२४, २५ मा आधारित।

  • यहोवाले राहाब र तिनका परिवारलाई किन जोगाउनुभयो?

  • यहोशूको मृत्युपछि इस्राएलीहरूले के गरे?

  • न्यायकर्त्ताको पुस्तकमा स्पष्ट पारिएको मुख्य कुरा कुन हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने