प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ३८
  • बाह्र जना जासुस

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाह्र जना जासुस
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • बाह्र जना जासुस
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोशू नाइके बन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तिनी आफ्ना परमेश्‍वरप्रति वफादार रहे
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • मोशा पहरामा हिर्काउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ३८
यहोशू, कालेब अनि अरू जासुसहरूले मोशालाई कनानबाट ल्याएको फलफूल देखाउँछन्‌

कथा ३८

बाह्र जना जासुस

हेर त यी मान्छेहरूले के बोकेर ल्याउँदैछन्‌। आम्मै! कत्ति ठूलो अंगुरको झुप्पा। गह्रौं पनि छ जस्तो छ, त्यसैले लट्ठीमा झुण्ड्याएर दुई-दुई जनाले बोक्नुपरेको छ। नेभारा र अनार पनि हेर त। यति राम्रा फलफूल कहाँबाट ल्याएको हो, तिमीलाई थाह छ? कनान देशबाट। अब्राहाम, इसहाक र याकूब पनि कनानमै बस्थे भनेर के तिमीले सम्झेका छौ? पछि कनानमा अनिकाल परेपछि याकूब आफ्नो परिवारसमेत मिश्र देशमा सरेका थिए। तर अब लगभग २१६ वर्षपछि मोशाले इस्राएलीहरूलाई फेरि कनानतिर लगिरहेको छ। उनीहरू अहिले उजाड-स्थानको कादेश भन्‍ने ठाउँमा आइपुगेका छन्‌।

कनानीहरू खराब छन्‌। यसकारण मोशाले १२ जनालाई यसो भनेर भेद लिन पठाउँछ: ‘त्यहाँ कति जना बस्छन्‌, उनीहरू कति बलिया छन्‌, गएर सबै पत्ता लगाऊ। त्यहाँको जमिन राम्रो छ कि छैन, त्यो पनि थाह लगाऊ। तिमीहरू त्यहाँबाट फर्केर आउँदा केही फल लिएर आउन नबिर्सनू।’

जासुसहरू कादेश फर्केर आएपछि मोशालाई यसो भन्छन्‌: ‘त्यो देश असाध्यै राम्रो रहेछ।’ अनि आफ्नो कुरा साबित गर्न उनीहरूले मोशालाई त्यहाँबाट ल्याएको फल देखाउँछन्‌। तर १० जना जासुसहरू चाहिं यसो भन्छन्‌: ‘त्यहाँ बस्ने मान्छेहरू ठूला र बलिया छन्‌। हामीले त्यो देश लिन खोज्यौं भने तिनीहरूले हामीलाई मार्नेछन्‌।’

यो सुनेर इस्राएलीहरू डराउँछन्‌। उनीहरू यसो भन्दै गनगन गर्न थाल्छन्‌: ‘बरु हामी मिश्रमा अथवा यहीं उजाड-स्थानमै मरेको भए असल हुन्थ्यो। अब हामी लडाइँमा मर्ने भयौं, हाम्रा जहान र बालबच्चालाई तिनीहरूले समातेर लैजानेछन्‌। मोशाको साटो नयाँ नाइके छानेर हामी मिश्र फर्कौं!’

तर दुई जना जासुसले चाहिं यहोवामाथि भरोसा राख्छन्‌। उनीहरूको नाउँ यहोशू र कालेब हो। इस्राएलीहरूलाई सम्झाउँदै उनीहरू यसो भन्छन्‌: ‘नडराउनुहोस्‌। यहोवा हामीसित हुनुहुन्छ। कनान देश कब्जा गर्न गाह्रो छैन।’ तर इस्राएलीहरू मान्दै मान्दैनन्‌। उनीहरू यहोशू र कालेबलाई समेत मार्न खोज्छन्‌।

यो देखेर यहोवा धेरै रिसाउनुहुन्छ। उहाँले मोशालाई यसो भन्‍नुहुन्छ: ‘२० वर्ष र त्योभन्दा माथिका कोही पनि कनान देशमा पस्ने छैनन्‌। मैले मिश्र र उजाड-स्थानमा गरेका चमत्कारहरू तिनीहरूले देखे। तैपनि तिनीहरू मलाई भरोसा गर्दैनन्‌। यसकारण सबै नमरेसम्म तिनीहरू ४० वर्षसम्म उजाड-स्थानमै भौंतारिरहनेछन्‌। यहोशू र कालेब मात्र कनान देशमा पस्न पाउनेछन्‌।’

गन्ती १३:१-३३; १४:१-३८.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने