प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwwd लेख ४६
  • बिभरको निर्माण गर्ने क्षमता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बिभरको निर्माण गर्ने क्षमता
  • सृष्टि या संयोग
  • मिल्दोजुल्दो सामग्री
  • आकाशको पानी सङ्‌कलन गर्ने तरिका—पुरानो र नयाँ
    ब्यूँझनुहोस्‌!—२००५
  • स्वच्छ पानी
    ब्यूँझनुहोस्‌!—२०२३
सृष्टि या संयोग
ijwwd लेख ४६

Troy Harrison/Moment via Getty Images

सृष्टि या संयोग?

बिभरको निर्माण गर्ने क्षमता

वैज्ञानिकहरूले बिभरले बनाएका ठूलठूला बाँधहरू पत्ता लगाएका छन्‌। तीमध्ये कतिपय ८५० मिटरसम्म (०.५ माइल) लामो र ५.३ मिटरसम्म (१७ फिट) अग्लो हुन्छ। बिभरले त्यत्ति ठूलठूला संरचनाहरू कसरी बनाउन सक्छ?

बिभरले सुरुमा दाँतको मदतले रूख काट्‌छ। यसले अक्सर ३० सेन्टिमिटरभन्दा (१ फिट) कम मोटाई भएका रूखहरूलाई काट्‌ने र त्यसलाई छाँट्‌ने काम गर्छ। त्यसपछि यसले ठूलठूला हाँगाहरूलाई धकेल्दै नदीको पिँधमा ठाडो पारेर राख्छ अनि बिरुवा र नर्कटहरूलाई ती हाँगाहरूमा बेर्छ। बिभरले त्यस संरचनालाई ठूलठूला ढुङ्‌गाहरूले थिचेर र बाँधको दुवै छेउलाई रूख वा चट्टानमा बाँधेर मजबुत बनाउँछ। पानीको तीव्र बहाबले असर नपुऱ्‍याओस्‌ भनेर बाँधको एकापट्टि काठका मुढाहरूले टेको दिन्छ। अर्कोपट्टी भने पानी रोक्नको लागि स-साना हाँगाहरू, घाँस र माटो प्रयोग गर्छ। बिभरले बढी भएको पानी बगोस्‌ भनेर नदीको दुवै छेउमा पानी बग्ने बाटो बनाउँछ अनि ठूलो पानी पर्दा त्यस बाटोलाई अझ फराकिलो बनाउँछ।

बिभरले बनाएको बाँधको चित्र, जसमा निम्न कुराहरू देखाइएको छ: (१) ठाडो पारेर राखिएका काठहरू, (२) गाँसिएका स-साना हाँगाहरू, (३) टेको दिने काठका मुढाहरू, (४) अड्याउने ढुङ्‌गाहरू र (५) स-साना बिरुवाहरू र घाँसलाई माटोले लिप्सेको

बाँध बनाउन बिभरले गरेको मेहनतले वरपरको वातावरणमा राम्रो प्रभाव पारेको कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌। उदाहरणको लागि, ती बाँधहरूले गर्दा माटो बगेर जान पाउँदैन, पानीको गुणस्तर बढ्‌छ र जमिनमुनि पानीको मात्रा बढ्‌छ। साथै गर्मी याममा सुक्ने गरेका नदीहरू वर्षैभरि बग्न थाल्छन्‌। ती बाँधहरूको कारण बनेको सिमसार क्षेत्रले पानी सोस्ने भएकोले ठूलो पानी पर्दा हत्तपत्त बाढी आउँदैन। जङ्‌गलमा आगलागी हुँदा यस्ता सिमसार क्षेत्रहरूले आगो फैलिन दिँदैन र यहाँ हरियाली कायम रहन्छ। यस्ता बाँधहरूले गर्दा बनेका सिमसार क्षेत्रहरूमा विभिन्‍न जीवजन्तुहरू बस्न आउँछन्‌।

एउटा अध्ययनबाट अनुसन्धानकर्ताहरूले यस्तो निष्कर्ष निकाले: “बिभरले बनाएका बाँधहरू इन्जिनियरहरूले बनाएका संरचनाहरूसँग मिल्दोजुल्दो हुन्छ।” उत्तरी अमेरिकाका अनुसन्धानकर्ताहरूले बिभरको नक्कल गर्दै बाँधहरू बनाएका छन्‌। त्यसैले मानिसहरूले बिभरलाई प्रकृतिको इन्जिनियर भन्‍नु अचम्मलाग्दो कुरा होइन।

बिभरले बाँध बनाएको हेर्नुहोस्‌

तपाईँको विचार कस्तो छ? बिभरको निर्माण गर्ने क्षमता क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने