प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w26 मार्च पृ. ३२
  • बेनायाहजस्तै साहसी र वफादार हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेनायाहजस्तै साहसी र वफादार हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका वफादार सेवकहरूबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • सधैं उपयोगी सन्देश भएको भिडिओ
    हाम्रो राज्य सेवकाई—२००५
  • “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • सादोकजस्तै साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
w26 मार्च पृ. ३२

बाइबल पात्र

बेनायाहजस्तै साहसी र वफादार हुनुहोस्‌

बेनायाह साहसी योद्धा थिए। तिनले राजा दाउद र सुलेमानको शासनकालमा सेवा गरे। तिनी पुजारीका छोरा थिए। साधारणतया पुजारीहरूले हातहतियार चलाउँदैनथे। तर बेनायाहले भने यहोवाको लागि युद्धहरू लड़े। तिनी असाध्यै साहसी थिए। एकचोटि तिनले खाडलमा छिरेर सिंहलाई मारे अनि अर्कोचोटी एकजना अजङ्‌गको मिश्रीलाई पनि मारे। दाउदले बेनायाहलाई असाध्यै भरोसा गर्ने भएकोले तिनलाई आफ्नो अङ्‌गरक्षकका कप्तान बनाए।—२ समु. २३:२०-२३.

अब्सालोमले र पछि अदोनियाहले दाउदको विद्रोह गरे। (२ समु. ८:१८; १५:१८; १ राजा १:८) तर बेनायाह भने वफादार रहे। दाउद वृद्ध भइसक्दा पनि बेनायाह वफादार रहिरहे। दाउदले आफ्नो छोरा सुलेमानलाई राजा बनाउने कुरा बताउँदा तिनले पूरापूर साथ दिए। (१ राजा १:३२-४०) अरू मानिसहरू वफादार नरहे तापनि बेनायाह यहोवाप्रति र उहाँले नियुक्‍त गर्नुभएका राजाहरूप्रति वफादार रहिरहे।

सैतान र त्यसका समर्थकहरू हामीभन्दा शक्‍तिशाली छन्‌। त्यसैले तिनीहरूविरुद्ध लड्‌न हामीलाई पनि साहस चाहिन्छ। साथै यहोवाको स्तरअनुसार जीवन बिताइरहन हामी दृढ हुनुपर्छ। (एफि. ६:११; १ पत्रु. ५:८, ९) कसै-कसैले यहोवालाई त्याग्ने छनोट गरे तापनि हामी उहाँप्रति वफादार रही रहन्छौँ। किनभने हामीलाई थाह छ, वफादारप्रति उहाँ पनि वफादार रहनुहुनेछ।—२ समु. २२:२६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने