प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर पृ. १५
  • आमाबुबा हो, छोराछोरीलाई परमेश्‍वरको बुद्धि हासिल गर्न मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमाबुबा हो, छोराछोरीलाई परमेश्‍वरको बुद्धि हासिल गर्न मदत गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • छोराछोरीलाई सफल हुन मदत गर्न बाइबल सिद्धान्तहरू लागू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • “उचित मनसाय” भएकाहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • सभामा ध्यान दिएर सुन्‍नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर पृ. १५
एउटी बहिनी आफ्ना छोराछोरीलाई टिप्पणी दिन र सभाको कार्यक्रम पछ्याउन मदत गर्दै छिन्‌।

ख्रिष्टियन जीवन

आमाबुबा हो, छोराछोरीलाई परमेश्‍वरको बुद्धि हासिल गर्न मदत गर्नुहोस्‌

आमाबुबाले छोराछोरीलाई परमेश्‍वरको बुद्धि हासिल गर्न मदत गर्ने एउटा सबैभन्दा राम्रो तरिका भनेको उनीहरूलाई ख्रिष्टियन सभाहरूबाट लाभ उठाउन मदत गरेर हो। केटाकेटीले सभामा प्रस्तुत गरिने कुराहरू हेरेर, सुनेर अनि टिप्पणीहरू दिएर यहोवाबारे सिक्न सक्छन्‌ र उहाँको घनिष्ठ मित्र बन्‍न सक्छन्‌। (व्य ३१:​१२, १३) छोराछोरीले सभाहरूबाट पूरापूर लाभ उठाऊन्‌ भनेर तपाईँ आमाबुबाले के गर्न सक्नुहुन्छ?

  • भेटेरै गरिने सभाहरूमा उपस्थित हुन सक्दो प्रयास गर्नुहोस्‌।—भज २२:२२

  • सभाअघि वा पछि भाइबहिनीसित सरसङ्‌गत गर्न समय निकाल्नुहोस्‌।—हिब्रू १०:२५

  • सभामा छलफल गरिने प्रकाशनहरू परिवारको प्रत्येक सदस्यसित छ कि छैन भनेर पक्का गर्नुहोस्‌, चाहे त्यो डिजिटल होस्‌ वा छापिएको

  • छोराछोरीलाई आफ्नै शब्दमा टिप्पणी तयारी गर्न मदत गर्नुहोस्‌।—मत्ति २१:​१५, १६

  • सभाहरू अनि त्यहाँ पाइने निर्देशनहरूबारे सकारात्मक कुराकानी गर्नुहोस्‌

  • छोराछोरीलाई विभिन्‍न गतिविधिमा भाग लिन मदत गर्नुहोस्‌, जस्तै: सभाभवन सरसफाइ गर्न, पाका दाइदिदीसित कुराकानी गर्न

छोराछोरीलाई यहोवासित नजिक हुन मदत गर्दा धेरै मेहनत गर्नुपर्ने हुन्छ अनि कहिलेकाहीँ ‘त्यसो गर्न सक्दिनँ होला’ जस्तो पनि लाग्न सक्छ। तर यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।—यसै ४०:२९.

आमाबुबा हो, यहोवा र उहाँको बलमा भर पर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • असाध्यै थकित भएकोले ज्याक अनि लेआको जीवन कस्तो भइरहेको थियो?

  • बलको लागि आमाबुबा किन यहोवामा भर पर्नुपर्छ?

  • ज्याक अनि लेआले मदतको लागि यहोवामा भर परेको कसरी देखाए?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने