प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जुलाई पृ. २
  • के तपाईंका छोराछोरीहरू तयार छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंका छोराछोरीहरू तयार छन्‌?
  • हाम्रो राज्य सेवा—२०११
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं स्कूलमा साक्षी दिन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
  • छोराछोरी​—यहोवाले दिनुभएको बहुमूल्य उपहार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • तपाईँको परिवार कसरी सुखी हुन सक्छ?—भाग २
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • तपाईँका छोराछोरीलाई यहोवालाई माया गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०११
km11 जुलाई पृ. २

के तपाईंका छोराछोरीहरू तयार छन्‌?

१. स्कूले केटाकेटीहरू तयार हुनु आवश्‍यक छ, किन?

१ तपाईंका छोराछोरीहरूले स्कूलमा थुप्रै चुनौती तथा दबाबको सामना गरिरहनुपरेको छ। तर तिनीहरूसित “सत्यको साक्षी” दिने मौका पनि छ। (यूह. १८:३७) के तिनीहरू त्यसको लागि तयार छन्‌?

२. तपाईंका छोराछोरीहरू तयार हुन तिनीहरूले के कुरा जानेको हुनुपर्छ?

२ तपाईंका छोराछोरीहरूले राष्ट्रवादी समारोहहरू अनि गैर-ख्रीष्टियन चाडपर्वहरूमा भाग लिनुमा के-के समावेश छ र त्यसमा भाग लिनु किन गलत हो भनेर स्पष्ट बुझेका छन्‌? उच्च शिक्षा हासिल गर्ने, डेटिङ गर्ने र मदाक पदार्थ वा लागू-औषधको दुरुपयोग गर्ने दबाब आउँदा त्यसको सामना गर्न के तिनीहरू तयार छन्‌? के तिनीहरू जवाफ दिंदा त्यस्तो आपत्तिजनक गतिविधिमा भाग नलिनुको कारण ‘हाम्रो धर्मले दिंदैन’ मात्र भन्छन्‌ अथवा के तिनीहरूले आफ्नो विश्‍वासबारे कसरी बताउने भनी जानेका छन्‌?​—⁠१ पत्रु. ३:⁠१५.

३. आमाबाबुले आफ्ना छोराछोरीलाई तयार पार्न कसरी साँझको पारिवारिक उपासनाको सदुपयोग गर्न सक्छन्‌?

३ साँझको पारिवारिक उपासनाको सदुपयोग गर्नुहोस्‌: छोराछोरीलाई स्कूलमा समस्याहरू आइपर्दा तपाईंले पक्कै पनि त्यसबारे छलफल गर्नुहुन्छ होला। छोराछोरीले स्कूलमा सामना गर्न सक्ने चुनौतीहरूबारे तपाईंले पहिल्यै छलफल गर्न विशेष प्रयास गर्दा तिनीहरूको आत्मबल बढ्‌नेछ। यसका लागि पारिवारिक उपासनाको कुनै एक वा त्योभन्दा बढी साँझ प्रयोग गर्न सक्नुहुन्छ कि? स्कूलमा कुन कुराले सबैभन्दा धेरै चिन्तित बनाउँछ भनी तपाईंले आफ्ना छोराछोरीलाई सोध्न सक्नुहुन्छ। बितेका वर्षहरूमा छलफल गरिसकेका विषयहरू पनि दोहोऱ्‍याउन सक्नुहुन्छ किनभने तिनीहरू पहिलेभन्दा अझ धेरै बुझ्न सक्ने भइसकेका छन्‌। (भज. ११९:९५) स्कूलको शिक्षक, सल्लाहकार वा साथी बनेको अभिनय गर्ने भाग पनि छलफलमा समावेश गर्न सक्नुहुन्छ। आफ्ना छोराछोरीलाई कसरी बाइबलबाटै जवाफ दिने र महान्‌ शिक्षकबाट सिकौं, युवा जनहरूका प्रश्‍न-जस्ता प्रकाशनहरू कसरी प्रयोग गर्ने भनी सिकाउनुहोस्‌। एउटी आमाले आफ्ना छोराछोरीलाई प्रत्येक वर्ष स्कूलका नयाँ शिक्षकहरूकहाँ गएर आफू यहोवाको साक्षी हुँ भनेर बताउने अभ्यास गराउने गर्थिन्‌।​—⁠ प्रहरीधरहरा (अङ्‌⁠ग्रेजी), डिसेम्बर १५, २०१०, पृष्ठ ३-५ हेर्नुहोस्‌।

४. आमाबाबुले के गर्नु बुद्धिमानी हो?

४ यस अन्तको दिनमा ख्रीष्टियन युवाहरूले सामना गर्नै पर्ने चुनौतीहरू झन्‌-झनै “कठिन” हुँदै छ। (२ तिमो. ३:⁠१) आमाबाबुले आफ्ना छोराछोरीमाथि आइपर्न सक्ने समस्याहरूबारे पहिल्यै सोच्ने कोसिस गरेर ती समस्याहरूको सामना गर्न तिनीहरूलाई तयार पार्नु बुद्धिमानी कुरा हो। (हितो. २२:⁠३) आमाबाबुहरू हो, आफ्ना छोराछोरीलाई तयार पार्न आफूले सकेजति सबै गर्नु⁠होस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने