प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जुलाई पृ. ७
  • “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ”
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ नकारात्मक भावनाहरू काबूमा राख्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • म कसरी नकारात्मक सोचाइ हटाउन सक्छु?
    युवाहरू सोध्छन्‌
  • निरुत्साहित हुँदा के गर्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • तपाईँ कसरी निराशासित लड्‌न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 जुलाई पृ. ७

“बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ”

१. कसै-कसैले हाम्रो कामप्रति कस्तो दृष्टिकोण राख्छन्‌?

१ हामीलाई गलत तरिकाले बुझेकोले वा यहोवाका साक्षीहरूबारे गलत जानकारी सुनेकोले घरधनीले कहिलेकाहीं हामीप्रति नकारात्मक प्रतिक्रिया देखाउन सक्छन्‌। सायद तिनीहरूको विचारधारा पूर्वाग्रही समाचार रिपोर्टहरूद्वारा प्रभावित भएको हुन सक्छ। कुनै-कुनै ठाउँमा हामीलाई “खतरनाक गुटको” संज्ञासमेत दिइएको छ। त्यस्तो आलोचनाको सामना गर्नुपर्दा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

२. आलोचनाको सामना गर्नुपर्दा के कुराले हामीलाई निरुत्साहित नहुन मदत गर्न सक्छ?

२ सकारात्मक मनोवृत्ति कायम राख्नुहोस्‌: प्रथम शताब्दीमा येशू र यहोवाका अन्य सेवकहरूलाई अक्सर गलत तरिकाले बुझियो र तिनीहरूको बदनाम गरियो। (प्रेरि. २८:२२) तैपनि त्यस्तो आलोचनाको कारण तिनीहरू सेवाको काममा लाग्नदेखि शर्माएनन्‌। येशूले भन्‍नुभयो: “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ।” (मत्ती ११:१८, १९) सच्चाइ खोजी गर्नेहरूका लागि सुसमाचारको मोल प्रस्ट हुनेछ भनी निश्‍चिन्त हुँदै उहाँले आफ्नो बुबाको इच्छा जोसका साथ गरिरहनुभयो। परमेश्‍वरको छोराले समेत त्यस्तो व्यवहारको सामना गर्नुपरेको थियो भनी सम्झँदा हामीलाई निरुत्साहित नहुन मदत मिल्न सक्छ।

३. नकारात्मक रिपोर्ट र विरोधको कारण हामी किन छक्क मान्‍नुपर्दैन?

३ संसारले उहाँलाई घृणा गरेझैं उहाँका अनुयायीहरूलाई पनि घृणा गर्नेछ भनेर येशूले बताउनुभयो। (यूह. १५:१८-२०) त्यसैकारण नकारात्मक रिपोर्ट र विरोधको कारण आज हामी छक्क मान्‍नुपर्दैन। वास्तवमा, आखिरी दिनको अझ अन्तमा पुग्दा र शैतानले आफ्नो गतिविधिमा अझ तीव्रता ल्याउँदा हामी यस्ता कुराहरू अझ सामान्य हुने आशा गर्न सक्छौं। (प्रका. १२:१२) तर हामी रमाहट गर्न सक्छौं किनभने यो शैतानको संसार नाश हुने समय नजिकै छ भन्‍ने कुराको संकेत हो।

४. सुसमाचारप्रति नकारात्मक प्रतिक्रिया देखाइँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

४ शिष्टताका साथ जवाफ दिनुहोस्‌: हामीप्रति नकारात्मक प्रतिक्रिया देखाइँदा हामीले सधैं शिष्टता र नम्रताका साथ जवाफ दिनुपर्छ। (हितो. १५:१; कल. ४:५, ६) परिस्थितिले दिन्छ भने निष्कपट घरधनीलाई यहोवाका साक्षीहरूबारे थुप्रै गलतफहमी फैलिएको कुरा बताउन सक्छौं वा तिनलाई त्यस्तो लाग्नुको कारण सोध्न सक्छौं। हाम्रो नम्र जवाफको कारण यहोवाका साक्षीहरूबारे आफूले सुनेका कुरालाई फेरि एकचोटि जाँच्न तिनी बाध्य हुन सक्छन्‌ र अर्कोचोटि साक्षीहरू तिनको घरमा आउँदा सुन्‍न उत्प्रेरित हुन सक्छन्‌। तर घरधनी एकदमै रिसाएका छन्‌ भने त्यहाँबाट निस्कनु नै बेस हुन्छ। अरूले हामीलाई जेसुकै भन्ठाने पनि यहोवाले हाम्रो सेवाको कामको मोल गर्नुहुन्छ भनी ढुक्क हुन सक्छौं।—यशै. ५२:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने