प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ७/०५ पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००५
हाम्रो राज्य सेवकाई—२००५
km05 ७/०५ पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? सबैका लागि उपयोगी किताब, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” सेप्टेम्बर: ज्ञान पुस्तक चलाइनेछ। घरधनीले यो पुस्तक नस्वीकारेमा जागा रहो! पुस्तिका प्रस्तुत गर्नुहोस्‌। अक्टोबर: प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। चासो देखाउने व्यक्‍तिहरूलाई कृपया चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌।

◼ सेप्टेम्बर महिनादेखि सुरु हुने क्षेत्रीय निरीक्षकहरूले दिने नयाँ जनभाषणको विषय हुनेछ, “बाइबलको डोऱ्‍याइ किन स्वीकार्ने?”

◼ नियमित अग्रगामी सेवाका आवेदन फारामहरू शाखा कार्यालयलाई आग्रह गरिएको सुरु हुने मितिभन्दा कम्तीमा पनि ३० दिनअघि पठाउने सुझाव दिइन्छ। मण्डलीका सचिवले ती फारामहरू पूरै ठीकसित भरेको छ कि छैन, फेरि दोहोऱ्‍याएर हेर्नुपर्छ। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउन सक्छन्‌ र त्यसको रेकर्ड राख्नुपर्छ। सचिवले यो अन्दाजी मिति कङ्‌ग्रिगेसन्स्‌ पब्लिसर रेकर्ड (S-21) कार्डमा लेखेर राख्नुपर्छ।

◼ सम्झौटा: स्पेशल रिक्वेस्ट फर्म फर एन्युअल आइटम्स्‌ मण्डलीहरूलाई पठाइँदैछ। सन्‌ २००६ को लागि यरबूक, क्यालेन्डर अनि दिनहुँ धर्मशास्त्र जाँच्ने-जस्ता वार्षिक सामग्रीहरू अझसम्म पनि नमगाएका मण्डलीहरूले तुरुन्तै मगाइहाल्नुपर्छ। किङ्‌डम हल लिटरेचर इन्भेन्ट्री अरेन्जमेन्ट-अन्तर्गत पर्ने मण्डलीहरूले “संयोजक मण्डली”-मार्फत नै आफ्नो माग पठाउनुपर्छ। तथापि, दुवै मण्डलीको साहित्य विभागले चाहिएजति वार्षिक सामग्रीहरू मगाएका छन्‌ कि छैनन्‌ सो संयोजक मण्डलीका सचिवले पक्का गर्नुपर्छ।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

बेनिफिट फ्रम द थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन —कन्‍नाडा

हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? —नेपाली

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने