प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 मे पृ. ४
  • “ठूला मनका होओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “ठूला मनका होओ”
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • प्रेमरहित संसारमा मित्रता कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • तपाईं चिरस्थायी मित्रताको आनन्द उठाउन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • भाइबहिनीसितको मित्रतालाई कसरी बलियो बनाइराख्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 मे पृ. ४

“ठूला मनका होओ”

१. हामी प्रत्येकसित कस्तो जिम्मेवारी छ?

१ मसीही भ्रातृत्वमा, मण्डलीको आत्मीयतामा योगदान पुऱ्‍याउने जिम्मेवारी हामी प्रत्येकको हो। (१ पत्रु. १:२२; २:१७) एक-अर्काप्रतिको कोमल स्नेहमा “ठूला मनका” हुँदा यस्तो आत्मीयता पैदा हुन्छ। (२ कोरि. ६:१२, १३) हाम्रा भाइबहिनीहरूलाई राम्ररी चिन्‍नु किन महत्त्वपूर्ण छ?

२. सँगी विश्‍वासीहरूसित मित्रता विकास गर्नु किन महत्त्वपूर्ण छ?

२ मित्रता अझ बलियो हुन्छ: जसै हामी सँगी विश्‍वासीहरूलाई राम्ररी चिन्छौं, हामी उनीहरूको विश्‍वास, धीरज अनि अन्य असल गुणहरूको अझ बढी कदर गर्न पुग्छौं। उनीहरूका कमीकमजोरीहरू हामीलाई नगण्य लाग्छ र मित्रताको बन्धन कसिन्छ। एक-अर्कालाई राम्ररी चिन्दा उनीहरूलाई सुदृढ पार्न र सान्त्वना दिन हामी सुसज्जित हुन्छौं। (१ थिस्स. ५:११) शैतानको संसारका अस्वास्थ्यकर प्रभावहरूको प्रतिरोध गर्न एक-अर्काको लागि हामी “सान्त्वना दिने [“सुदृढ पार्ने,” NW] मानिसहरू” हुन सक्छौं। (कल. ४:११) दबाबै-दबाबले भरिएको यस अन्तिम दिनलाई विचार गर्दा यहोवाका जनहरूमाझ असल मित्रहरू पाएकोमा हामी साह्रै नै कृतज्ञ छौं!—हितो. १८:२४.

३. अरूको निम्ति हामी कसरी सुदृढ पार्ने मानिसहरू हुन सक्छौं?

३ अत्यन्तै कठिन परीक्षाहरूको सामना गर्दा घनिष्ठ मित्रहरू बल र सान्त्वनाको एउटा विशेष स्रोत हुन सक्छन्‌। (हितो. १७:१७) निकम्मापनको अनुभूतिहरूसित सङ्‌घर्ष गर्ने मसीही बहिनी यसो भन्छिन्‌: “मेरा नकारात्मक विचारहरूलाई हटाउन मेरा मित्रहरू सकारात्मक कुराहरू गर्थे।” यस्ता मित्रहरू यहोवाले दिनुभएका आशिष्‌ हुन्‌।—हितो. २७:९.

४. हामी कसरी मण्डलीमा अरूलाई अझ राम्ररी चिन्‍न सक्छौं?

४ अरूप्रति चासो देखाउनुहोस्‌: सँगी विश्‍वासीहरूप्रति कोमल स्नेह देखाउने सन्दर्भमा हामी कसरी ठूलो मनका हुन सक्छौं? मसीही सभाहरूमा अरूलाई अभिवादन गर्नुको अलावा उनीहरूसित अर्थपूर्ण कुराकानी गर्ने प्रयत्न गर्नुहोस्‌। उनीहरूको निजी जीवनबारे खोजीनिती नगरीकनै व्यक्‍तिगत चासो देखाउनुहोस्‌। (फिलि. २:४; १ पत्रु. ४:१५) अरूप्रति चासो देखाउने अर्को तरिका खानाको लागि निम्तो दिएर हो। (लूका १४:१२-१४) अथवा क्षेत्र सेवकाईमा उनीहरूसँग काम गर्ने प्रबन्ध मिलाउन सक्नुहुन्छ। (लूका १०:१) हाम्रा भाइहरूलाई राम्ररी चिन्‍न अग्रसर हुँदा हामी मण्डलीमा एकता बढाउँछौं।—कल. ३:१४.

५. हाम्रो मित्रता बढाउन सकिने एउटा तरिका के हो?

५ के हामी आफ्नै उमेरका वा आफ्नो जस्तै रुचि भएकाहरूसित मात्रै घनिष्ठ हुन खोज्छौं? यस्ता कुराहरूको कारण मण्डलीमा हामीले खेती गर्ने मित्रतालाई सीमित हुन दिनुहुँदैन। उमेर अनि पृष्ठभूमि फरक-फरक भए तापनि दाऊद र जोनाथनलगायत रूथ र नाओमीले मित्रताको बलियो बन्धनलाई प्रगाढ बनाए। (रूथ ४:१५; १ शमू. १८:१) के तपाईं आफ्नो मित्रता बढाउन सक्नुहुन्छ? यसो गरेको खण्डमा अप्रत्याशित आशिष्‌हरू वर्षिन सक्छन्‌।

६. हाम्रा भाइहरूप्रति कोमल स्नेह देखाउने सन्दर्भमा ठूलो मनका हुनुका केही लाभहरू के-के हुन्‌?

६ अरूप्रति कोमल स्नेह देखाउने सन्दर्भमा ठूलो मनका भएर हामीले एक-अर्कालाई बलियो बनाउनुका साथै मण्डलीमा शान्ति बढाउँछौं। साथै, हाम्रा भाइहरूलाई हामीले देखाउने प्रेमको लागि स्वयम्‌ यहोवाले हामीलाई आशिष्‌ दिनुहुन्छ। (भज ४१:१, २; हिब्रू ६:१०) सकेसम्म धेरैभन्दा धेरैलाई राम्ररी चिन्‍ने लक्ष्य राख्नुभए कसो होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने