प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 नोभेम्बर पृ. १
  • “तिमीहरू पनि तयार रहो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरू पनि तयार रहो”
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • कुनै अलमलविना यहोवाको सेवा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • अलमल्याउने कुराहरूलाई पन्छाउँदै के हामी जागा भएर बसेका छौं?
    हाम्रो राज्य सेवकाई—१९९५
  • यहोवाको दिनको लागि तयार रहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • अलमल्याउने कुराहरू पन्छाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 नोभेम्बर पृ. १

“तिमीहरू पनि तयार रहो”

१ यस रीतिरिवाजको अन्तसम्बन्धी आफ्नो उल्लेखनीय भविष्यवाणीमा येशूले जीवनका अनावश्‍यक फिक्रीहरूमा चुर्लुम्मै नडुब्न चेतावनी दिनुभयो। (मत्ती २४:३६-३९; लूका २१:३४, ३५) महासंकष्ट कुनै पनि बेला सुरु हुन सक्ने भएको कारण हामीले येशूको सल्लाहलाई ध्यान दिनु अत्यावश्‍यक छ: “तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।” (मत्ती २४:४४) यस सन्दर्ममा हामीलाई कुन कुराले मदत गर्न सक्छ?

२ फिक्री तथा अलमल्याउने कुराहरू विरुद्ध लड्‌ने: हामी सतर्क रहनै पर्ने एउटा आध्यात्मिक पासो भनेको “जीवनको फिक्री” हो। (लूका २१:३४) कुनै-कुनै मुलुकहरूमा, गरिबी, बेरोजगारी अनि महँगीले गर्दा जीवनका आवश्‍यकताहरू पूरा गर्नै हम्मेहम्मे पर्छ। अन्य मुलुकहरूमा चाहिं, भौतिक सुखसुविधाका कुराहरू प्राप्त गर्नु सामान्य कुरा हो। भौतिक कुराहरूबारे हामी बढ्‌तै चिन्तित हुन थाल्यौं भने, राज्यका वास्तविकताहरूदेखि हाम्रो ध्यान विकर्षण हुने खतरामा पर्नेछौं। (मत्ती ६:१९-२४, ३१-३३) मसीही सभाहरूले हामीलाई त्यसरी ध्यान विकर्षण हुन नदिन मदत गर्छ। के प्रत्येक सभामा उपस्थित हुने तपाईंको लक्ष्य छ?—हिब्रू १०:२४, २५.

३ आज संसारमा तीन थुप्रो अलमल्याउने कुराहरू छन्‌, जसले हाम्रो बहुमूल्य समय सजिलै खाइदिन सक्छ। इन्टरनेट चलाएर, ई-मेल पढेर अनि पठाएर वा कम्प्युटर गेम खेलेर अत्यधिक समय बिताउँदा कम्प्युटरको प्रयोग एउटा पासो बन्‍न सक्छ। टेलिभिजन, चलचित्र, सौखहरू, सांसारिक पुस्तकको पढाइ अनि खेलकुदमा अचाक्ली समय बिताउँदा आध्यात्मिक गतिविधिहरूको लागि यथेष्ट समय वा शक्‍ति नमिल्न सक्छ। मनोरञ्जन र आरामले अस्थायी स्फूर्ति प्रदान गर्न सक्ने भए तापनि व्यक्‍तिगत तथा पारिवारिक बाइबल अध्ययनले चिरकालीन लाभहरू पुऱ्‍याउन सक्छन्‌। (१ तिमो. ४:७, ८) हरेक दिन परमेश्‍वरको वचनमा मनन गर्न के तपाईं समय निकाल्नुहुन्छ?—एफि. ५:१५-१७.

४ यहोवाको संगठनले “आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्न” हामीलाई मदत गर्नको लागि आध्यात्मिक निर्देशनको कार्यक्रम प्रबन्ध गरेकोमा हामी कत्ति कृतज्ञ हुन सक्छौं! (लूका २१:३६) हामी यी प्रबन्धहरूबाट पूरापूर लाभ उठाऔं र हाम्रो विश्‍वास “येशू ख्रीष्टको प्रकाशमा प्रशंसा, महिमा र आदरमा पाइओस्‌” भन्‍ना खातिर ‘आफैलाई तयार राख्न’ सकौं।—१ पत्रु. १:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने