तिनीलाई पुरस्कार प्रदान गरियो
“योजम्मै तपाईंले नै गर्दा भएको हो” भनेर हाइ-स्कूलको एउटी विद्यार्थी, कियोईले जापान स्थित वॅचटावर सोसाइटीको शाखा कार्यालयलाई पत्र पठाइन्। कियोई कुन कुराका लागि यति कृतज्ञ छिन्? हालसालै, जापान ट्रेफिक सेफटी एसोसिएशन् द्वारा आयोजित राष्ट्रिय निबन्ध प्रतियोगितामा कियोईलाई सबैभन्दा उच्च इनाम प्रदान गरियो। त्यो बहुमूल्य इनाममा स्विडेनको एउटा भ्रमण पनि समावेश छ।
वॅचटावर बाइबल र ट्रेक्ट सोसाइटी द्वारा प्रकाशित अन्य असल प्रकाशनहरूका लागि मूल्याङ्कन व्यक्त गर्न कियोईले पत्र पठाएकी थिइन्। तिनको विचारमा ती प्रकाशनहरू बाट नै तिनले सफल हुने ठूलो मद्दत पाइन्। यस प्रतियोगिता बाहेक, अन्य भाषण र निबन्ध प्रतियोगिताहरूमा तिनले आफ्नो स्कूलको प्रतिनिधित्व गरेकी छिन्। तिनी भन्छिन्, “यस प्रकारका धेरै जसो प्रतियोगिताहरूमा पहिले नै एउटा विषय दिइन्छ र आफूले लेख्ने निबन्धहरूका लागि विद्यार्थीहरूले एउटा पुस्तकालयमा गएर अनुसन्धान गर्छन्। तर मलाई त्यो कष्ट उठाउनै पर्दैन। मेरै घरमा, पुस्तकहरू राख्ने आलमारीमा राम्रा-राम्रा विषय-सामग्री म पाउँछु!” तिनी अझ भन्छिन्: “विषय जे होस्। बूढा हुने समस्या देखि लिएर वातावरण, अन्तर्राष्ट्रिया सम्बन्ध अथवा आत्म-उन्नतिसम्मका सबै विषयहरूको एउटा गहिरो छलफल अक्सर वाचटावर अथवा अवेक! पत्रिकाहरूमा पाउन सकिन्छ।”
तथापि, कियोईलाई ती प्रकाशनहरूले मात्र मद्दत दिएको होइन। तिनको भनाइ अनुसार, यहोवाका साक्षीहरूको शैक्षिक कार्यक्रमहरू द्वारा पाएकी शिक्षाबाट तिनले आफ्नो लेखाइ र पढाइमा उन्नति गर्ने मद्दत पाइन् र तिनी प्रतियोगिताहरूमा श्रेष्ठ हुन सकिन्। “एक ताका त मलाई साँच्चै नै विश्वविद्यालयमा भर्ना हुन मन लागेको थियो। तर जुन प्रकारको प्रशिक्षण मैले अहिले पाएकी छु, त्यस प्रकारको प्रशिक्षण मैले अरू कतै पनि पाउने थिइनः,” भन्ने कुरा तिनी स्वीकार्छिन्। तिनले प्राप्त गरेकी शिक्षाबाट अरूहरूलाई लाभ उठाउन मद्दत दिने काममा अब पूर्ण समय बिताउने आशा तिनले हाल राखेकी छिन्। निबन्धका लागि पुरस्कार पाएकोमा कियोई अवश्य खुशी छिन्, तर तिनको हृदय भने जीवनको पुरस्कार जित्नमा लागेको छ।—फिलिप्पी ३:१४-सङ्ग तुलना गर्नुहोस्। (w92 11/1)