तिनीहरूले सोंचेको भन्दा अबेर भइ सकेको थियो!
साल, सा. यु. पू. ६०९। ठाउँ, यरूशलेम। वक्ता, यर्मिया अगमवक्ता। तिनले आफ्नो प्रिय शहर, यरूशलेमको विनाशबारे भविष्यवाणी गरे। यहूदीहरूले यहोवालाई छाड़ेर झूटा देवताहरूको उपासनामा आफूलाई मग्न पारेका हुनाकारण त्यो विनाश आइपर्न लागेको थियो। उच्च स्थलहरूमा तिनीहरू अश्लील यौन उपासना गर्दथिए, विधर्मी देवताहरूलाई मद्दपान चढ़ाउँदथिए, सूर्य, चन्द्र र तारागणहरूको पूजा गर्दथिए, बाल देवतालाई धूपबत्ती बाल्दथिए, र मोलेक देवतालाई आफ्ना छोरा-छोरीको बलिदान चढ़ाउँदथिए।—१ राजा १४:२३, २४; यर्मिया ६:१५; ७:३१; ८:२; ३२:२९, ३४, ३५; इजकिएल ८:७-१७.
तिनीहरूको नजरमा यर्मिया, आपत-विपतको घोषणा गरिरहने एक जना उन्मत्त र प्रत्येक कुरा र प्रत्येक जनासित असन्तुष्ट हुने खालका व्यक्ति थिए। ३८ वर्षसम्म यर्मियाले तिनीहरूलाई चेताउनी दिंदै आएका थिए; ३८ वर्षसम्मै यरूशलेमका बासिन्दाहरूले तिनको खिसी गरिरहेका थिए। यहोवा कुनै विचारणीय शक्तिनै हुनुहुन्न भन्दै, त्यस समयसम्म मानिसहरूले उहाँलाई ध्यानै दिइरहेका थिएनन्। तिनीहरूले भने: “परमप्रभुले [यहोवाले न्यु. व.] नता असल गर्नुहुन्छ न खराब गर्नुहुन्छ” र परमप्रभुले [यहोवाले न्यु. व.] देशलाई त्याग्नु भएको छ, र परमप्रभुले [यहोवाले न्यु. व.] देख्नुहुन्न।”—सपन्याह १:१२; इजकिएल ९:९.
यर्मिया र इजकिएल अगमवक्ताहरूले यरूशलेमको विनाशको भविष्यवाणी गरिरहेका थिए, तर केही पनि भएको थिएन। त्यसकारण यस प्रकारका कुनै पनि अगमवाणीहरू तिनीहरूको समयमा पूरा हुने छैन भनी इस्राएलीहरूले यसो भन्दै तिनीहरूलाई अस्वीकार गरे: “दिन बित्दै जान्छ, रपनि दर्शन भने कुनै पनि पूरा हुँदैन।” तर त्यसबारे यहोवाको जवाफ यस प्रकार थियो: “समय नजीकै आएको छ . . . किनभने मैले भन्ने कुरा म, परमप्रभु [यहोवा न्यु. व.] आफैलेनै भन्नेछु, र त्यो पूरा हुनेछ। त्यो अझ फेरि ढिलाउने छैन। त्यो तिनीहरूका दिनमानै पूरा गर्नेछु।”—इजकिएल १२:२२-२५.
सा. यु. पू. ६०९ मा, यहोवाको वचन पूरा हुने समय आइसकेको थियो। करीब चार दशकसम्म यर्मियाले चेताउनी दिए पछि, यरूशलेम शहरलाई बेबिलोनी फौजहरूले घेरा हाले। अट्ठारह महिना पछि, पर्खालहरू भत्काइयो, मन्दिरलाई डढ़ाइयो, र धेरै जसा मानिसहरूलाई बेबिलोनमा निर्वासनकालागि लगियो। भविष्यवाणी अनुसार, तरवार, अनिकाल, र रूढ़िद्वारा शहरको विनाश भयो।—२ राजा २५:७-१७; २ इतिहास ३६:१७-२०; यर्मिया ३२:३६; ५२:१२-२०.
यर्मिया सही थिए। मानिसहरू गलत थिए। तिनीहरूले सोंचेको भन्दा अबेर भइसकेको थियो! दर्शन वषौं पछिको निम्ति थिएन। त्यो तिनीहरूकै समयको निम्ति थियो।
यो एउटा इतिहास मात्र होइन। यरूशलेमलाई जे भयो, त्यो भविष्यसूचक थियो। त्यसले आउने कुरालाई अग्रिम सङ्केत गरेको थियो। बर्तमान मसीही जगतले ख्रीष्टको नाउँ लिन्छे र परमेश्वरसँग एउटा वाचामा बाँधिएकी छु भन्ने दाबा गर्दछे; तापनि पुरानो यरूशलेमका बासिन्दाहरू हिंड़ेको बाटोमा नै त्यो हिंड्दछे। साधारणतया, मसीही जगतका गिर्जाहरू विधर्मी शिक्षाहरू सिकाउँछन्, यौनिक अनैतिकतामा बिटुलिएका छन्, राजनैतिक योजनाहरूको पक्ष लिन्छन्, सांसारिक युद्धहरूको समर्थन गर्दछन्, विकाशवादलाई अङ्गाल्दै परमेश्वर एउटा सृष्टिकर्त्ता हुनुहुन्छ भन्ने कुरालाई पन्छाउँछन्, सुबिधाको वेदीमा लाखौं नजन्मेकाहरूको बलिदान हुँदा आँखा चिम्लिन्छन्, र बाइबल काल्पनिक कथा र दन्त्यकथा हो भनी दाबा गर्दै प्रायः मानवीय दर्शनहरूलाई ग्रहण गर्दछन्।
यरूशलेमका मानिसहरूले यर्मियाको खिसी गरे जस्तै, आज मसीही जगतले पनि यहोवाका साक्षीहरूलाई खिसी गर्दछन्। आर-मागेदोनमा हुन आउने विनाशबारे साक्षीहरूको चेताउनीलाई तिनीहरू व्यर्थको कुरा भनी ध्यान दिंदैनन्। ‘परमेश्वरलाई पृथ्वीको चिन्ता छैन,’ मसीही जगत भन्दछे। ‘उहाँले स्वर्ग संचालन गरून् , पृथ्वीलाई हामी संचालन गर्नेछौं। र आर-मागेदोन आउँछ भने पनि, त्यो हाम्रो पालोमा हुनेछैन। त्यो कथा हामीले पहिले पनि सुनेका हौं। त्यसबाट हामी प्रभावित हुनेछैनौं!’
के इतिहास दोहरिनेछ? तिनीहरूले सोचेको भन्दा अबेर भइसकेको रहेछ भनी के यस पटक पनि लाखौं मानिसहरूले अनुभव गर्नु पर्नेछ? (w91 4/1)