प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ५४
  • सबैभन्दा बलियो मान्छे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैभन्दा बलियो मान्छे
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा परमेश्‍वरले सिमसोनलाई बल दिनुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • सिमसोनजस्तै यहोवामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवाको बल पाएर शिमशोन विजयी हुन्छन्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • तिनले कमजोर हुँदा बल पाए
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ५४
कुनै पनि हातहतियारबिना नै शिमशोनले सिंहलाई मार्छन्‌

कथा ५४

सबैभन्दा बलियो मान्छे

संसारको सबैभन्दा बलियो मान्छेको नाउँ के हो, तिमीलाई थाह छ? उसको नाउँ शिमशोन हो। ऊ इस्राएलको न्यायकर्ता थियो। तर शिमशोनलाई यहोवाले बलियो बनाउनुभएको थियो। शिमशोन जन्मिनुअघि नै यहोवाले उसकी आमालाई यसो भन्‍नुभएको थियो: ‘चाँडै तिमीले एउटा छोरो जन्माउनेछौ। उसले इस्राएलीहरूलाई पलिश्‍तीहरूको हातबाट बचाउनेछ।’

पलिश्‍तीहरू कनानमा बस्ने खराब मान्छेहरू हुन्‌। उनीहरूसित थुप्रै लडाकू छन्‌। पलिश्‍तीहरूले इस्राएलीहरूलाई धेरै दुःख दिन्छन्‌। एकदिन शिमशोन पलिश्‍तीहरू बस्ने ठाउँतिर गइरहेको बेला एउटा ठूलो सिंह गर्जंदै आउँछ। तर शिमशोनले त्यो सिंहलाई आफ्नो हातैले मार्छ। उसले सयौं खराब पलिश्‍तीहरूलाई पनि मार्छ।

केही समयपछि, शिमशोनले दलीला नाउँ भएकी केटीलाई प्रेम गर्न थाल्छ। दलीलाले शिमशोन किन बलियो भएको हो, पत्ता लगाएर पलिश्‍तीहरूका मुखियाहरूलाई बताउन सकी भने हरेक मुखियाले उसलाई १,१०० चाँदीका टुक्राहरू दिने भाकल गरेका हुन्छन्‌। दलीला जम्मै पैसा पाउन खोज्छे। ऊ शिमशोन अथवा परमेश्‍वरका जनहरूको असल साथी थिइन। यसकारण उसले शिमशोनलाई ऊ कसरी यत्ति बलियो भएको भनेर सोधिरहन्छे।

शिमशोन र दलीला

अन्तमा दलीलाले शिमशोनलाई उसको बलको रहस्य भन्‍न लगाइछाड्‌छे। शिमशोनले आफ्नो गुप्त कुरा यसरी बताउँछ: ‘मेरो कपाल कहिल्यै खौरिएको छैन। किनभने म जन्मैदेखि परमेश्‍वरको निम्ति अलग गरिएको एक नाजिरी हुँ। मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्नेछ।’

यो थाह पाएपछि दलीलाले शिमशोनलाई आफ्नो काखमा सुताउँछे। त्यसपछि उसले एक जना मान्छेलाई भित्र बोलाएर शिमशोनको कपाल काट्‌न लगाउँछे। शिमशोन निद्राबाट उठ्‌दा त उसको बल गइसकेको हुन्छ। त्यसपछि पलिश्‍तीहरूले उसलाई पक्रेर लैजान्छन्‌। उनीहरूले उसका दुवै आँखा निकालिदिन्छन्‌ र उसलाई आफ्नो दास बनाउँछन्‌।

पलिश्‍तीहरूलाई मार्न शिमशोनले घरका खम्बाहरू ठेल्छन्‌

एकदिन पलिश्‍तीहरूले दागोन देवताको पूजा गर्न ठूलो भोज लगाउँछन्‌। शिमशोनलाई गिज्याउन उनीहरूले उसलाई जेलबाट निकालेर ल्याउँछन्‌। यतिखेरसम्म शिमशोनको कपाल फेरि पलाइसकेको हुन्छ। उसले आफ्नो हात समातेर बाटो देखाइदिने केटोलाई यसो भन्छ: ‘यो घरलाई थाम्ने खम्बाहरू मलाई छाम्न देऊ।’ त्यसपछि शिमशोनले यहोवासित प्रार्थना गरेर बल माग्छ। अनि खम्बाहरूलाई समातेर ऊ यसो भन्दै कराउँछ: ‘मलाई पनि पलिश्‍तीहरूसँगै मर्न दिनुहोस्‌।’ त्यतिखेर भोज मनाउन भनेर ३,००० पलिश्‍तीहरू भेला भएका हुन्छन्‌। शिमशोनले घोप्टो परेर खम्बाहरूलाई ठेल्दा पूरै घर गर्ल्यामगुर्लुम ढल्छ र घरले थिचेर सबै खराब पलिश्‍तीहरू मर्छन्‌।

न्यायकर्त्ता अध्याय १३ देखि १६ सम्म।

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने