प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ५१
  • रूथ र नाओमी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रूथ र नाओमी
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • रुथ र नाओमी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनीहरू एकअर्काको सहारा बने
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • रूथको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ५१
रूथले नाओमीलाई यसो भन्छे, ‘तपाईं जहाँ जानुहुन्छ, म पनि त्यहीं जानेछु।’

कथा ५१

रूथ र नाओमी

बाइबलमा रूथ नाउँ गरेको एउटा किताब छ। त्यो किताबमा न्यायकर्ताहरूको समयमा भएको एउटा परिवारको कथा छ। रूथ मोआब देशकी तरुनी थिई। ऊ परमेश्‍वरका जन इस्राएली थिइन। तर साँचो परमेश्‍वर यहोवालाई चिनेपछि रूथले उहाँलाई धेरै माया गर्न थाल्छे। नाओमीचाहिं बूढी आइमाई हुन्‌। उसले रूथलाई यहोवाबारे धेरै कुरा सिकाउँछे।

नाओमी इस्राएली थिई। इस्राएलमा अनिकाल परेको बेला नाओमी, उसका पति र दुई छोरा मोआब देशमा सरेका थिए। तर एकदिन नाओमीको पति मर्छ। पछि नाओमीका छोराहरूले दुइटी मोआबी केटीहरूसित बिहे गर्छन्‌। उनीहरूको नाउँ रूथ र ओर्पा हो। तर लगभग १० वर्षपछि नाओमीका दुई छोरा पनि मर्छन्‌। त्यसपछि नाओमी र ती दुइटी केटीहरू असाध्यै दुःखी हुन्छन्‌! अब नाओमीले के गर्छे?

नाओमी आफ्नै देश फर्कने फैसला गर्छे। रूथ र ओर्पा नाओमीसित बस्न चाहन्छन्‌। यसकारण उनीहरू पनि नाओमीसितै जान्छन्‌। तर बाटोमा अलिकता टाढा पुगेपछि नाओमी ती केटीहरूतर्फ फर्केर यसो भन्छे: ‘तिमीहरू घर फर्केर आफ्नै आमाहरूसित बस।’

नाओमीले ती दुवै केटीहरूलाई म्वाइँ खाएर बिदा गर्छे। त्यतिमै उनीहरू रुन थाल्छन्‌। किनभने उनीहरू नाओमीलाई धेरै माया गर्छन्‌। उनीहरू यसो भन्छन्‌: ‘होइन! हामी तपाईंसितै तपाईंका मान्छेहरूकहाँ जानेछौं।’ तर नाओमी यसो भन्छे: ‘मेरा छोरीहरू, तिमीहरू माइती फर्कनै पर्छ। तिमीहरूलाई माइतीमै राम्रो हुन्छ।’ यसकारण ओर्पा आफ्नो माइती फर्कन्छे। तर रूथचाहिं जाँदिन।

नाओमी रूथतिर फर्केर भन्छे: ‘ओर्पा त गइहाली। तिमी पनि ऊसितै फर्क।’ तर रूथ यस्तो जवाफ दिन्छे: ‘तपाईंलाई छोडेर जान मलाई कर नगर्नुहोस्‌! तपाईं जहाँ जानुहुन्छ, म पनि त्यहीं जानेछु, र तपाईं जहाँ बस्नुहुन्छ, म पनि त्यहीं बस्नेछु। तपाईंका मान्छेहरू मेरा मान्छेहरू हुनेछन्‌, तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ। तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीं मर्नेछु र म पनि त्यहीं गाडिनेछु।’ रूथले यसो भनिसकेपछि नाओमीले फेरि उसलाई माइती पठाउने कोसिस गर्दिन।

अन्तमा ती दुइटी आइमाई इस्राएल पुग्छन्‌। उनीहरू त्यहीं बस्छन्‌। रूथ तुरुन्तै खेतमा काम गर्न थाल्छे। किनभने त्यतिखेर जौ काट्‌ने बेला भइसकेको थियो। बोअज नाउँ भएको एक जना मान्छेले रूथलाई उसको खेतमा जौ काट्‌न दिन्छ। बोअजकी आमा को हो, तिमीलाई थाह छ? यरीहो सहरकी राहाब बोअजकी आमा हो।

एकदिन बोअजले रूथलाई यसो भन्छ: ‘मैले तिम्रो विषयमा सबै कुरा सुनिसकेको छु। तिमीले नाओमीलाई कति दया देखायौ र तिमी कसरी आफ्नो आमाबाबु र आफ्नो देश छाडेर पहिले कहिल्यै नचिनेका मान्छेहरूबीच बस्न आयौ, सबै मलाई थाह छ। यहोवाले तिम्रो भलो गरून्‌।’

रूथले यसो भनेर जवाफ दिई: ‘हजुर, तपाईंले पनि मलाई धेरै दया देखाउनुभएको छ। मसित यति राम्ररी बोल्नुभएकोले मलाई धेरै नै सजिलो लाग्यो।’ बोअजले रूथलाई धेरै मन पराउँछ र चाँडै उनीहरूको बिहे हुन्छ। यो देखेर नाओमी असाध्यै खुसी हुन्छे! रूथ र बोअजले जेठो छोरा ओबेद जन्माएपछि नाओमी झनै खुसी हुन्छे! पछि ओबेद दाऊदको बाजे बन्छ। दाऊदबारे हामी पछि अझ धेरै कुरा सिक्नेछौं।

रूथको पुस्तक।

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने