प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा २९
  • मोशा किन भाग्यो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोशा किन भाग्यो
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • तिनले सही छनौट गरे
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • बलिरहेको पोथ्रो
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • बलिरहेको झाडी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा २९
मोशा मिश्रबाट भाग्छन्‌

कथा २९

मोशा किन भाग्यो

लौ, मोशा त मिश्रबाट भाग्दैछ। अनि मान्छेहरूले उसलाई किन लखेटेको नि? किनकि उनीहरू मोशालाई मार्न चाहन्छन्‌। तर किन? तिमीलाई थाह छ? हामी पत्ता लगाउने कोसिस गरौं है त।

मोशा मिश्रको राजा फिरऊनको घरमा हुर्केको थियो। पछि गएर मोशा धेरै बुद्धिमान्‌ अनि ठूलो मान्छे बन्यो। मोशालाई आफू मिश्री होइन भनेर थाह थियो। उसको खास आमाबाबु त इस्राएली कमाराहरू हुन्‌ भनेर पनि उसलाई थाह थियो।

चालीस वर्षको भएपछि एक चोटि ऊ आफ्ना मान्छेहरूको हालखबर बुझ्न निस्क्यो। आफ्ना मान्छेहरूलाई असाध्यै खराब व्यवहार गरेको उसले देख्यो। एक जना मिश्रीले त इस्राएली कमारालाई धमाधम कुटिरहेको पो रहेछ। मोशाले यताउता हेऱ्‍यो, अनि वरपर कोही नदेखेपछि त्यो मिश्रीलाई हिर्काउँदा त्यो मऱ्‍यो। त्यसपछि मोशाले उसको लासलाई बालुवामा लुकायो।

अर्को दिन मोशा फेरि आफ्ना मान्छेहरूलाई हेर्न गयो। उनीहरू मिश्रीहरूको कमारा हुन नपरोस्‌ भनेर मोशा चाहन्थ्यो। त्यसकारण उनीहरूलाई मदत गर्न चाहन्थ्यो। तर उसले दुई जना इस्राएली नै पो आपसमा झगडा गरिरहेको देख्यो। यसकारण गल्ती गर्ने चाहिंलाई मोशाले यसो भन्यो: ‘तिमी किन आफ्नै भाइलाई कुटिरहेछौ?’

त्यो मान्छेले यस्तो जवाफ दियो: ‘तपाईंलाई कसले हाम्रो राजा अनि न्यायाधीश बनायो? तपाईंले त्यो मिश्रीलाई मारेझैं मलाई पनि मार्न खोज्नुभएको हो कि कसो?’

यो सुनेर मोशालाई डर लाग्यो। मिश्रीलाई मारेको कुरा अरूले पनि चाल पाइसकेछन्‌ भनेर मोशालाई थाह भयो। यो कुरा फिरऊनले समेत सुनेछ। त्यसैकारण मोशालाई मार्न फिरऊनले आफ्ना मान्छेहरू पठायो। मोशा किन मिश्रबाट भाग्नु परेको रहेछ, अब बुझ्यौ त?

मिश्र छाडेर भागेपछि मोशा टाढा मिद्यान भन्‍ने देशमा पुग्यो। त्यहाँ यित्रो अनि उसको परिवारसित मोशाको भेट भयो। पछि मोशाले यित्रोकै छोरी सिप्पोरासित बिहे गऱ्‍यो। मोशा गोठालो भएर यित्रोका भेडाहरू चराउन थाल्यो। उसले ४० वर्ष मिद्यान देशमै बितायो। ऊ अब ८० वर्षको भइसकेको थियो। एकदिन यित्रोका भेडाहरू चराइरहेको बेला एउटा अनौठो कुरा भयो जसले गर्दा मोशाको जीवन नै बद्‌लियो। त्यो अनौठो कुरा के हो, तिमीलाई जान्‍न मन लाग्छ भने पाना पल्टाएर अर्को कथा पढ।

प्रस्थान २:११-२५; प्रेरित ७:२२-२९.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने