प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा १७
  • बेग्लै किसिमका जम्ल्याहा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बेग्लै किसिमका जम्ल्याहा
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • याकुबले ज्येष्ठ अधिकार पाए
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • याकुब र एसावले शान्ति कायम गरे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • परिवारको सुरक्षा गर्न तिनले खतरा मोले
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • बुद्धिमानी छनौट गरेर आफ्नो उत्तराधिकारको रक्षा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा १७
बालक याकूब भेडाको ख्याल राख्दै

कथा १७

बेग्लै किसिमका जम्ल्याहा

यी दुई केटालाई हेर त। उनीहरू कत्ति फरक छन्‌, होइन र? के तिमीलाई उनीहरूको नाउँ थाह छ? त्यो सिकारी केटोको नाउँ एसाव हो अनि भेडाहरूको हेरचाह गरिरहेको केटोको नाउँचाहिं याकूब हो।

एसाव र याकूब रिबेका र इसहाकका जम्ल्याहा छोराहरू हुन्‌। इसहाक एसावलाई धेरै मन पराउँथ्यो किनभने एसाव सिकार खेल्नमा सिपालु थियो। उसले सिकार गरेर खानेकुराहरू ल्याउथ्यो। तर रिबेका भने याकूबलाई नै बढी माया गर्थी किनभने ऊ सोझो थियो।

बालक एसाव सिकार ताक्दै

याकूब र एसावको बाजे अब्राहाम त्यतिखेर जिउँदै थिए। अब्राहामले यहोवाको कुरा गर्दा याकूब ध्यान दिएर सुन्‍ने गर्थ्यो। अन्तमा १७५ वर्षको भएपछि अब्राहामको मृत्यु भयो। त्यतिबेला ती जम्ल्याहा दाजुभाइ १५ वर्षका थिए।

चालीस वर्षको भएपछि एसावले दुइटी कनानी केटीसित बिहे गऱ्‍यो। यसले गर्दा इसहाक र रिबेका धेरै दुःखी भए। किनभने कनानीहरू यहोवाको उपासना गर्दैनथे।

एकदिन एसाव आफ्नो भाइ याकूबसित असाध्यै रिसायो। इसहाकले आफ्नो जेठो छोरोलाई आशिष्‌ दिने समय भएको थियो। जेठो भएकोले आफूले नै आशिष्‌ पाउँछु भनेर एसावले आशा गरेको थियो। तर एसावले बुबाको आशिष्‌ पाउने आफ्नो अधिकार भाइ याकूबलाई बेचिसकेको थियो। यसबाहेक, याकूबले नै आशिष्‌ पाउनेछ भनेर यी दुई केटा जन्मने बेलामा परमेश्‍वरले भनिसक्नुभएको थियो। त्यस्तै भयो पनि। इसहाकले आफ्नो छोरो याकूबलाई नै आशिष्‌ दियो।

यो कुरा थाह पाएपछि एसाव याकूबसित असाध्यै रिसायो। उसले याकूबलाई मार्ने विचार गऱ्‍यो। यो थाह पाएर रिबेका धेरै चिन्तित भई। त्यसकारण उसले आफ्नो पति इसहाकलाई यसो भनी: ‘याकूबले पनि कनानी केटीसित बिहे गऱ्‍यो भने, असाध्यै नराम्रो हुनेछ।’

त्यसपछि इसहाकले आफ्नो छोरो याकूबलाई बोलाएर भन्यो: ‘तिमीले कनानी केटीसित बिहे नगर्नू। बरु हारानमा तिम्रो बाजे बतूएलको घरमा जाऊ। अनि उनको छोरो लाबानकै छोरीसित बिहे गर।’

याकूबले आफ्नो बुबाको कुरा मान्यो। ऊ तुरुन्तै आफ्ना नातेदार भेट्‌न हारानतिर गयो।

उत्पत्ति २५:५-११, २०-३४; २६:३४, ३५; २७:१-४६; २८:१-५; हिब्रू १२:१६, १७.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने