प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ११/८ पृ. ३२
  • तिनले बिर्सनै नसकेको चित्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनले बिर्सनै नसकेको चित्र
  • ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ११/८ पृ. ३२

तिनले बिर्सनै नसकेको चित्र

क्यारेन यहोवाका साक्षी भएकी दुई दशकभन्दा बढी भइसक्यो तर उनका बुबा धर्मबारे कुरा गर्न कहिल्यै राजी हुनुभएन। तर हालै आएर कुरा अर्कै भयो। तिनको शल्यचिकित्सापछि अस्पतालमा केही दिन बस्नुपऱ्‍यो। एक दिनको कुरा हो, अत्यन्तै पट्टाइ लागेकोले तिनले पूरै अखबार पढे। पढिसकेर तिनी असाध्यै त्रसित भए। घर फर्केपछि तिनले आफ्नी छोरीलाई फोन गरे। क्यारेन भन्छिन्‌: “फोनमा बुबाले मलाई यसो भन्‍नुभयो, ‘क्यारेन संसार त खत्तम भइसकेछ।’ उहाँ विशेष गरी केटाकेटीप्रति गरिएको दुर्व्यवहार देखेर निराशित हुनुहुन्थ्यो।

“मैले उहाँलाई प्रोत्साहनका केही शब्दहरू भन्‍न नपाउँदै उहाँले यसो भन्‍नुभयो: ‘आज दुई महिलाहरू मेरो घरमा आएका थिए। म धेरैजसो पछाडिको बगैंचामा हुन्थें तर आज अगाडि बसिरहेको बेला तिनीहरू आइपुगे। एक जना महिलाले सुन्दर बगैंचाको चित्र मलाई देखाइन्‌। मलाई यस्तो भन्‍न मन लागेको थियो, “मेरो पछाडिको बगैंचा पनि त राम्रो छ नि।” तर मैले केही भनिनँ। त्यसपछि तिनले चाँडै सारा संसार नै त्यस्तो हुनेछ भनिन्‌। सबै जना त्यस्तो बगैंचामा बस्न पाउनेछन्‌ भनिन्‌। मैले त्यो पुस्तक त लिइनँ। तर तिनीहरू गइसकेपछि पनि मेरो मनमा त्यही चित्र मात्र झलझली आइरह्‍यो। त्यस चित्र र सबैको लागि शान्तिबारे मात्र सोचिरहें। तिमीलाई त्यो पुस्तक कुन हो थाह छ? मलाई एउटा ल्याइदेउन है।’ ”

क्यारेनले बुबाको कुरा गरिदिन खुसी भइन्‌। उनको बुबाले भनेको चित्र तपाईंले यहाँ देखिरहनुभएको छ। त्यस पुस्तकको नाउँ हो, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। के तपाईं पनि मानिसहरू आनन्द साथ बस्न पाउने विश्‍वव्यापी बगैंचाको सम्बन्धमा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाबारे अझ बढी सिक्न चाहनुहुन्छ? ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने प्रकाशनबारे अझ बढी जानकारी लिन हाम्रा स्थानीय प्रतिनिधिहरूलाई तपाईंकहाँ जाने आग्रह गर्न हामी खुसी हुनेछौं। तपाईं चाहनुहुन्छ भने निम्न कुपन भरेर यहाँ दिइएको ठेगाना वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा पठाउनुहोस्‌।

◻ मकहाँ तपाईंहरूको एक जना प्रतिनिधि पठाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने