ब्यूँझनुहोस्!-ले धूम्रपानविरुद्ध पोस्टर बनाउने प्रेरणा दियो
इटालीका ब्यूँझनुहोस्! संवाददाताद्वारा
उत्तरी इटालीको मोर्टारा शहरमा भर्खरै इटालीको एन्टीक्यान्सर लिग र स्थानीय समाचारपत्रले एउटा प्रतियोगिता आयोजित गऱ्यो। त्यसमा हाई-स्कूलका विद्यार्थीहरूले धूम्रपानविरुद्ध पोस्टर बनाउनुपर्ने थियो। यहोवाका साक्षी, चौध वर्षीया सीमोनाले चुरोटको खतराबारे जानकारीहरू पाउन ब्यूँझनुहोस्!-का विभिन्न लेखहरू हेरिन्। विशेष गरी तिनले जुलाई ८, १९८९ र मे २२, १९९५ का लेखहरू हेरिन्। सीमोना लेख्छिन्: “अनुसन्धान गर्दै जाँदा उक्त अंकहरूको आवरण देखेर म प्रभावित भएँ। ब्यूँझनुहोस्!-मा जस्तै मैले एउटा चुरोट खाँदै गरेको खप्परको चित्र बनाएँ र आवरण पृष्ठको शीर्षकले मलाई नारा लेख्न पनि मदत गऱ्यो।” तिनको नारा थियो, “धूम्रपान—लाखौं कमाउन लाखौंलाई मार्छ।” प्रतियोगितामा भाग लिने व्यक्तिहरूको २५० पोस्टरहरू मध्ये तिनको पनि थियो।
सीमोना अरू विद्यार्थीहरू भन्दा कम उमेरकी भए तापनि तिनलाई छात्रवृत्तिको रूपमा ३०० अमेरिकी डलरलगायत प्रथम पुरस्कार दिइयो। तिनलाई मदत गर्ने ब्यूँनुहोस्!-को आवरण पृष्ठमा प्रभावकारी चित्र बनाएकोमा वाचटावर सोसाइटीको शाखा कार्यालयलाई धन्यवाद दिन तिनले चिठी लेखिन्। तिनी आवरण पृष्ठमा भएको चित्रको लागि मात्र ब्यूँझनुहोस्! पढ्दिनन्। तर स्वास्थ्य, वर्तमान घटना र जवानहरूले सामना गर्नुपर्ने चुनौतीसित सम्बन्धित उपयुक्त तथा व्यवहारिक लेखहरूका लागि पनि पढ्ने गर्छिन्। यसो भन्दै तिनी आफ्नो पत्र टुंग्याउँछिन्: “पुनश्च: यो राम्रो काममा लागिरहनुहोस्!”
मसीहीहरूलाई असर गर्ने अरू लेखहरूबारे जानकारी पाउन चाहनुहुन्छ भने कृपया यहोवाका साक्षीहरूका स्थानीय राज्यभवनसित सम्पर्क राख्नुहोस् वा तलको कुपन भरेर पठाउनुहोस्।
□ मलाई परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका एक प्रति पठाइदिनुहोला।
□ कृपया मलाई निःशुल्क गृह बाइबल अध्ययन गराइदिन निम्न ठेगानामा सम्पर्क गर्नुहोला।