प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ६/८ पृ. ३
  • “म सात वर्षकी भएँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म सात वर्षकी भएँ”
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • बालबालिकाको पसिनाद्वारा
    ब्यूँझनुहोस्‌!—१९९९
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—मेक्सिकोमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • पारिवारिक आनन्दको के कुनै रहस्य छ?
    पारिवारिक आनन्दको रहस्य
  • भान्छाघर रमाइलो हुनसक्छ
    ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ६/८ पृ. ३

“म सात वर्षकी भएँ”

नमस्ते। मेरो नाउँ आमेल्या हो। म क्यारेबियनमा बस्छु। म सात वर्षकी भएँ। केही समयअघि मेरा गरिब आमाबाबुले मलाई शहरमा बस्ने धनी परिवारकहाँ काम गर्न पठाउनुभयो।

आज पनि म सधैंजसो बिहान पाँच बजे उठें। नजिकैको इनारमा पानी लिन गएँ। त्यो गह्रौं पानीको भाँडो टाउकोमा राखेर ल्याउन असाध्यै गाह्रो भए तापनि जसोतसो ल्याएँ। नत्र मैले नराम्रो कुटाइ खानुपर्छ। त्यसपछि मैले बिहानको खाना तयार पारें र सबैलाई दिएँ। आज बिहानको खाना दिन अलि ढिला भएको थियो। त्यसैले मालिकले मलाई छालाको पेटीले पिट्‌नुभयो।

त्यसपछि त्यस परिवारको पाँच वर्षको छोरालाई स्कूल पुऱ्‍याउन गएँ। अनि खाना पकाउन र पस्कन मदत गरें। खाना तयार पार्ने समय नहोउञ्जेल बजारमा तरकारी किन्‍न, स-साना कामहरू गर्न यताउता जानुपर्छ, कोइला बलिरहेको छ कि छैन हेर्नुपर्छ, चोक बढार्नुपर्छ, लुगा धुनुपर्छ, भाँडा माझ्नुपर्छ र भान्छा सफा गर्नुपर्छ। आज मैले मालिकनीको खुट्टा पनि धोइदिएँ। के कारणले हो कुन्‍नि आज उहाँको मुड असाध्यै नराम्रो थियो। त्यसैले उहाँले मलाई रीसको झोंकमा एक थप्पड हान्‍नुभयो। उहाँको मुड भोलि ठीक हुन्छ होला।

मलाई उब्रेको खाना खान दिइयो। तर जे होस्‌ आजको खाना हिजो खाएको मकैको खोलेभन्दा मीठो थियो। मेरा लुगाहरू झुत्रोझाम्रो छ र जुत्ता पनि छैन। मालिकहरू मैले ओसारेको पानीले कहिल्यै नुहाउन दिनुहुन्‍न। आज राती म बाहिर सुतें। कहिलेकाहीं भित्र भुँइमा सुत्न दिनुहुन्छ। कस्तो दुःखको कुरा म यो चिठी पनि आफै लेख्न सक्दिनँ। म स्कूल जान पाउँदिन।

तपाईंको दिन राम्रो बितोस्‌। आमेल्या।

तिनको वास्तविक नाउँ आमेल्या नभए तापनि तिनको दुर्दशा वास्तविक हो।a आज अक्सर अत्यन्तै नराम्रो अवस्थामा काम गर्नुपर्ने करोडौं बालबालिकामध्ये आमेल्या एक हुन्‌। बालश्रम हाम्रो समयको सबैभन्दा जटिल समस्या हो जसको सरल समाधान छैन। यो समस्या व्यापक हुनका साथै यसले समाजलाई भित्रभित्रै खाइरहेको छ र यसको नतिजा विनाशकारी छ। बालश्रम बालबालिकाप्रति क्रूर व्यवहार हो भने मानव सम्मानको निम्ति अपमान हो।

बालश्रम कत्तिको व्यापक छ? यस समस्याको जड के हो र यो कस्तो कस्तो रूपमा छ? मानव परिवारको सबैभन्दा कोमल र निस्सहाय पक्ष अर्थात्‌ बालबालिका यस्तो दुःख तथा शोषणको चपेटामा पर्नु नपर्ने समय के कहिल्यै आउला?

[फुटनोट]

a तिनीबारे विश्‍वका बालबालिकाहरूको अवस्था १९९७ मा रिपोर्ट गरिएको थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने