प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ६/८ पृ. ३१
  • विश्‍वव्यापी विपत्तिबाट कसरी जोगिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वव्यापी विपत्तिबाट कसरी जोगिने
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको गर्भावस्था सुरक्षित बनाउने
    ब्यूँझनुहोस्‌!—२००३
  • विश्‍वासैले गर्दा तिनीहरूले मोसालाई लुकाए
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • युद्धको चपेटामा पर्नेहरूको एउटा अर्को रूप
    ब्यूँझनुहोस्‌!—२०००
  • सं.रा.सं. युवा कार्यक्रमहरू—कत्तिको सफल छन्‌?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ६/८ पृ. ३१

विश्‍वव्यापी विपत्तिबाट कसरी जोगिने

संयुक्‍त राष्ट्रले “विश्‍वव्यापी विपत्ति” भन्छ अनि यसो भन्‍नु उपयुक्‍त पनि छ किनभने प्रति मिनेट एक महिलाको गर्भधारणको कारण र बच्चा जन्माउँदा मृत्यु हुन्छ।

प्रायजसो यस्ता मृत्युहरू अल्प विकसित राष्ट्रहरूमा हुन्छ। युरोपमा गर्भधारणसित सम्बन्धित कारणहरूले गर्दा १०,००० महिलाहरूमा जम्मा १ जनाको मात्र मृत्यु हुन्छ भने संयुक्‍त राज्य अमेरिकामा १२,५०० मा १ जनाको मृत्यु हुन्छ तर ल्याटिन अमेरिकामा यो संख्या बढेर ७३ जनामा १ जना, एसियामा ५४ जनामा १ जना र अफ्रिकामा झन्‌ २१ जनामा १ जनाको मृत्यु हुन्छ!

वर्षेनी गर्भधारणसित सम्बन्धित कारणहरूले गर्दा हुने ६,००,००० मृत्युहरू तालिमप्राप्त व्यक्‍तिको सहायता पाएमा कम हुनसक्ने भएकोले संयुक्‍त राष्ट्र संघीय बाल कोष (युनिसेफ) र विश्‍व स्वास्थ्य संघले (डब्ल्यु एच ओ) महिलाहरूलाई (र पुरुष) पेशेवर सुँडिनीको रूपमा प्रशिक्षण दिन जोड दिइरहेको छ।

डाक्टरहरू अभाव भएका राष्ट्रहरूमा प्रशिक्षण प्राप्त सुँडिनीहरू हुनु वा नहुनुले जीवन र मृत्युको फरक पार्नसक्छ। युनिसेफ-का डा. फ्रान्स डोना र डब्ल्यु एच ओ-का सल्लाहकार आन थोमसनले हालै सं.रा.सं. रेडियोमा तालिमप्राप्त सुँडिनीहरूलाई बढी अधिकार दिंदा राम्रा नतिजाहरू प्राप्त भइरहेको बताए। उदाहरणका लागि, केही अफ्रिकी देशहरूमा प्राकृतिक तवरमा साल नछुटिंदा सुँडिनीहरूलाई साल निकाल्न अनुमति दिएपछि नाटकीय ढंगमा मातृ मृत्युदर कम भएको तिनीहरूले बताए। इन्डोनेसियामा त्यस्तै प्रगति भइरहेको छ जहाँ प्रत्येक गाउँमा दुई जना सुँडिनीहरूलाई प्रशिक्षण दिने लक्ष्य राखिएको छ। अहिलेसम्म ५५,००० तालिमप्राप्त सुँडिनीहरूलाई खटाइसकेका छन्‌।

सं.रा.सं. रेडियो कार्यक्रम पर्सपेक्टिभ-ले यस्तो टिप्पणी गऱ्‍यो: “विकसित देशहरूमा पनि सुँडिनीको चलन अझै छ।” फ्रान्स, नेदरल्याण्ड, स्वीडेन तथा संयुक्‍त अधिराज्य जस्ता देशहरूले सुँडिनी राख्ने चलनलाई कहिल्यै त्यागेन र संयुक्‍त राज्य अमेरिकामा पनि यो चलन पुनः सुरु भइरहेको छ। स्वयं एक तालिमप्राप्त सुँडिनी आन थोमसनअनुसार यी देशहरूले सुँडिनीको चलनलाई कदर गर्छन्‌ किनभने तिनीहरूले लगातार व्यक्‍तिगत स्याहारसुसार दिन्छन्‌। “आखिरमा प्रसव वेदना २४ घण्टासम्म पनि हुनसक्छ र डाक्टरहरूको २४ घण्टासम्म कुरिरहन कहाँ समय हुनु।” यद्यपि, तिनीअनुसार सुरक्षित जन्मको एउटा कारण “सहानुभूतिशील, ज्ञान भएको, कुरा बुझ्ने मानिसको उपस्थितमा महिलाले आश्‍वासन पाउँछिन्‌।”

पर्सपेक्टिभ-ले अझै यसो भन्यो, “वर्षेनी छ करोड महिलाहरूले परिवारको सदस्य, तालिम अप्राप्त परम्परागत सुँडिनी वा आफैले कसैको मदतबिना बच्चा जन्माउँछिन्‌।” संयुक्‍त राष्ट्र संघले यो परिवर्तन गर्ने कोसिस गरिरहेको छ। यसको लागि, प्रथमतः डब्ल्यु एच ओ-ले १९९८ विश्‍व स्वास्थ्य दिवस “सुरक्षित मातृत्व”-मा केन्द्रित गऱ्‍यो। डा. डोना भन्छिन्‌: “यो अर्को दुई/तीन वर्षमा सम्भव छैन भनी हामीलाई थाह छ।” तर तिनीहरूको लक्ष्यचाहिं “प्रत्येक महिलाले बच्चा जन्माउँदा पेशेवर सुँडिनी होस्‌” भन्‍ने हो।

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

UN/J. Isaac

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने