प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ४/८ पृ. २५
  • तिनीहरूका मुमाबुबालाई विशेष पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूका मुमाबुबालाई विशेष पत्र
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • म आफ्नो आमाबुबाको भरोसा कसरी जित्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • आमाबुबाले तोक्नुभएका नियमहरूबारे कसरी कुरा गरूँ?
    युवाहरू सोध्छन्‌
  • किन यत्ति धेरै बन्देज?
    ब्यूँझनुहोस्‌!—२००७
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ४/८ पृ. २५

तिनीहरूका मुमाबुबालाई विशेष पत्र

स्पेनका दुई युवतीहरूले आफ्ना मुमाबुबालाई मूल्यांकनले भरेको पत्र लेखे। त्यसका केही भाग यहाँ उद्धरण गरिएको छ:

हाम्रा प्यारा मुमाबुबा, पेपे र बिथेन्ता:

कहाँबाट सुरु गरौं? हामी थुप्रै कुराहरू भन्‍न चाहन्छौं र ती सबै कुराहरू थोरै शब्दहरूमा अटाउन सकिंदैन। हामीलाई १७ र १५ वर्षसम्म स्नेहसित स्याहारसुसार गरेकोमा तपाईंहरूलाई धन्यवाद दिन चाहन्छौं।

तपाईंहरूका विचार र नियमहरू हामीलाई जहिले पनि राम्ररी थाह हुन्थ्यो। तोकेकै समयमा घर किन फर्कनु परेको होला भनेर कहिलेकाहीं हामी छक्क पर्थ्यौं तर मुमाबुबाले घर फर्कने समय नतोकेका बच्चाहरूलाई हेर्दा ती नियमहरूले हामीलाई बचायो भनेर बुझेका छौं।

खास कारण नभएसम्म राज्यभवनका सभाहरू छोड्‌नु हुँदैन भनेर तपाईंहरूले बसाल्नुभएको उदाहरण र त्यस्तैगरि आइतवार तपाईंहरूसित प्रचारमा जाने बानीले हामीलाई धेरै मदत दिएको छ। आइतवार बिहान प्रचारमा जाने छौं कि छैनौं भनेर सोध्नु पर्दैनथ्यो। हामी जाँदैछौं भनेर हामीलाई राम्ररी थाह हुन्थ्यो!

हामीलाई सानैदेखि अतिथिसत्कार गर्न पनि सिकाउनुभयो। हाम्रो घरमा थुप्रै अतिथिहरू आउँदा तपाईंहरूले जहिले पनि तिनीहरूको राम्ररी सत्कार गर्नुहुन्थ्यो। यी कुराहरू हामीले सानो छँदादेखि नै देख्दै आयौं र हामीले यस्तो विशेष मुमाबुबा पाएकोमा मूल्यांकन गर्छौं।

हामीलाई जान्‍ने र बुझ्ने तपाईंहरू जस्तो अरू कोही पनि छैन। तपाईंहरू, हामीले पूर्ण भरोसा गर्न सक्ने अतिप्रिय साथीहरू हुनुहुन्छ।

अन्तमा हामी यो भन्‍न चाहन्छौं कि हामी तपाईंहरूलाई औधी माया गर्छौं। तपाईंहरू हाम्रा मुमाबुबा हुनुहुन्छ र तपाईंहरूको सट्टा हामीलाई केही पनि चाहिंदैन। यदि कुनै किसिमले हामीले फेरि जिउने र मुमाबुबा रोज्ने मौका पायौं भने हामी तपाईंहरूलाई नै रोज्ने छौं र यस्तै जीवन बिताउने छौं।

मायालु चुम्बनसहित, तपाईंहरूका छोरीहरू,

एस्मेरल्डा र योलन्डा

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने