प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ९/८ पृ. ३२
  • “ज्ञानको अनमोल खजाना”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “ज्ञानको अनमोल खजाना”
  • ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ९/८ पृ. ३२

“ज्ञानको अनमोल खजाना”

नाइजेरियास्थित लागोसको दन्युज-का एक कर्मचारीले यहोवाका साक्षीहरूको स्थानीय शाखा कार्यालयमा पत्राचार गरेर ब्यूँझनुहोस्‌!-बारे यसो भने:

“मैले ब्यूँझनुहोस्‌!-को प्रत्येक प्रति पढ्‌ने गरेको छु र ती पढ्‌नासाथ तपाईंहरूलाई पत्राचार गर्ने इच्छा जाग्छ। तर पत्र लेख्न मात्र के लागेको हुन्छु अर्को त्यत्तिकै राम्रो अंक हात पर्छ र म त्यसैमा मन्त्रमुग्ध हुन्छु।

“यसो हुनुको मूल कारण? मेरो विचारमा ब्यूँझनुहोस्‌! ज्ञानको अनमोल खजाना हो। यस्तो उच्चस्तरीय, मनमोहक, सन्तुलित र बान्की परेको प्रकाशन मैले अरू देखेकै छैन भने पनि हुन्छ। यो त मानिसजातिका निम्ति मूल्यवान्‌ उपहार हो।

“भित्री हृदयबाटै म यो भन्‍न चाहन्छु: तपाईंहरूलाई कोटिकोटि धन्यवाद। यो अद्‌भुत कार्यलाई निरन्तरता दिइरहनुहोस्‌।”

ब्यूँझनुहोस्‌! पढेर तपाईंले पनि लाभ उठाउनु हुनेछ भन्‍ने कुरामा हामी पूर्ण विश्‍वस्त छौं। यदि तपाईं यस पत्रिकाको एक प्रति पढ्‌न चाहनुहुन्छ वा कोही तपाईंको घरमा आएर बाइबलसम्बन्धी छलफल गरोस्‌ भन्‍ने चाहनुहुन्छ भने, कृपया Praharidurg Prakashan Society, Plot A/35 Nr Industrial Estate, Nangargaon, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने