प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ४/८ पृ. ३२
  • “तिनीहरू आश्‍चर्यलाग्दो भएका छन्‌!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिनीहरू आश्‍चर्यलाग्दो भएका छन्‌!”
  • ब्यूँझनुहोस्‌!—१९९६
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ४/८ पृ. ३२

“तिनीहरू आश्‍चर्यलाग्दो भएका छन्‌!”

“म प्रहरीधरहरा र ब्युँझनुहोस्‌! सधैं पढ्‌ने गर्छु। तर हालका वर्षहरूमा तिनीहरू अति आश्‍चर्यलाग्दो भएकोले ती वर्णन गर्ने मसित कुनै शब्द छैन। ब्यूँझनुहोस्‌!-को (अंग्रेजी) अंक अक्टोबर २२ र नोभेम्बर ८, १९९४ का लागि कृतज्ञता व्यक्‍त गर्न चाहन्थें। तिनीहरूका शीर्षक थिए, “जब धर्मले युद्धमा भाग लिन्छ” र “सरायेभो—१९१४ देखि १९९४ सम्म।” बोस्निया-सर्बिया-क्रोएसिया गृहयुद्धको स्थिति डरलाग्दो र दुःखलाग्दो थियो। क्रोएसियावासी भएकोले मलाई यसको गहिरो अनुभव छ। विशेष गरेर तपाईंहरूले यस लडाइँको इतिहास तथा यसको सुरुआत सा.यु.  १०५४ मा भएको भनी जुन तरिकामा संकेत दिनुभएको छ त्यसप्रति म कृतज्ञ छु। यसले यी राष्ट्रिय समूहहरूबीच अधिक विभाजन ल्याउने र घृणा उत्पन्‍न गराउने धर्मको भूमिका तथा त्यसका कठोर प्रयासहरूलाई उदांग पाऱ्‍यो। दुःखको कुरा, सफा मन भएका यी मानिसहरूमा संसारले यही खराबी मात्र देखेको छ। बुझ्न नसकिने स्थितिलाई बुझिने बनाउनुभएकोमा फेरि एक पटक धन्यवाद। [हस्ताक्षर] एम. के.”

होशियारीपूर्वक अनुसन्धान गरेर उद्देश्‍यमूलक विवरण दिने क्षेत्रमा ब्यूँझनुहोस्‌!-ले राम्रो नाउँ कमाएको छ। तर यो पत्रिकाले परमेश्‍वरको प्रतिज्ञामा आधारित शान्तिमय भविष्यको आशा पनि दिन्छ। परमेश्‍वरले पृथ्वीलाई आफ्नो राज्य शासनअन्तर्गत ल्याएर त्यो प्रतिज्ञा पूरा गर्नुहुनेछ।

यदि तपाईं यो पत्रिका नियमित तवरमा पढ्‌न चाहनुहुन्छ भने, कृपया तपाईंको इलाकाका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌ वा पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई सुविधा पर्ने ठेगानामा लेख्नुहोस्‌।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

दायाँ: Culver Pictures

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने