प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ ४/८ पृ. ३२
  • त्यो दिन जसले तिनको जीवन परिवर्तन गऱ्‍यो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • त्यो दिन जसले तिनको जीवन परिवर्तन गऱ्‍यो
  • ब्यूँझनुहोस्‌!—१९९५
ब्यूँझनुहोस्‌!—१९९५
g९५ ४/८ पृ. ३२

त्यो दिन जसले तिनको जीवन परिवर्तन गऱ्‍यो

एरिजोना, स. रा. अ.की युवतीले आफू पहिले चर्च जाने गरेको तर धर्मदेखि भ्रमित भएको कुरा बताइन्‌। अन्ततः तिनले परमेश्‍वरलाई प्रार्थनामा यसो भनिन्‌: “म अबदेखि कहिल्यै चर्च जान्‍नँ। यथासम्भव राम्ररी जीवन बिताउँछु र असल व्यक्‍ति बन्‍ने कोसिस गर्छु।”

तर पछि के भयो, त्यस युवतीले यसरी बताइन्‌: “यहोवाका साक्षीहरूको विशेष सम्मेलनमा उपस्थित हुन आउँदैछु भनी मेरी सानीआमाले मलाई फोन गरेर बताउनुभयो। त्यसपछि उहाँ र मेरा दिदी-बहिनीहरूका निम्ति मेरो घरमा बास पाइन्छ कि भनेर सोध्नुभयो। अनि उहाँले यो पनि सोध्नुभयो: ‘के तिमी हामीसँग जान चाहन्छौ?’ मैले के जवाफ दिएँ भनेर मलाई याद छ: ‘भइहाल्छ नि! मेरो अरू कुनै काम पनि त छैन।’ धर्मप्रति मेरो चासो मर्नै लागिसकेको थियो।

“यहोवाका साक्षीहरूदेखि होशियार रहनू भनेर मलाई सधैं भन्‍ने गरिन्थ्यो। अतः सम्मेलनको दौडान म निकै सतर्क भएर सुनिरहेकी थिएँ। यद्यपि, परमेश्‍वरको मूल उद्देश्‍य पार्थिव प्रमोदवन स्थापना गर्नु थियो र त्यो उद्देश्‍य परिवर्तन भएको छैन भन्‍नुमा कुनै रहस्य थिएन। एकताको आत्मा देखाएर एकसाथ बसिरहेका परिवारहरूलाई हेर्दै म न्यानो अनुभूति लिएर बसिरहेकी थिएँ। मैले आफ्नो शिर निहुराएर मनमनै परमेश्‍वरलाई सोधें: ‘के यो सत्य हो? के मैले खोजेको कुरा यही हो?’

“त्यस दिनको अन्तमा प्रसन्‍न मुहार लाएर मानिसहरू मुस्कुराउँदै अंकमाल गरेर एकअर्कालाई बिदाइ गरिरहेका मैले हेरें। आफ्नो विश्‍वास, यहोवा को हुनुहुन्छ र उहाँले तिनीहरूका निम्ति के गरिदिनुभयो भन्‍ने विषयमा तिनीहरूको मन अनि हृदयमा रत्तिभर शंका नभएको म तिनीहरूको मुहारमा देख्न सक्थें। त्यस दिनदेखि मैले यहोवाका साक्षीहरूको राज्य भवन धाउन थालें र अहिलेसम्म धाउँदैछु। त्यसको लगत्तै अर्को वर्ष, सन्‌ १९८८ को विशेष सम्मेलनको दिनमा मैले पानीको बप्तिस्माद्वारा यहोवाप्रति आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिएँ र यस सुन्दर परिवारको सदस्य बनें।”

यहोवाका साक्षीहरूको विश्‍वास तथा गतिविधिहरूबारे तपाईं थप जानकारी चाहनुहुन्छ भने कृपया तिनीहरूको स्थानीय राज्य भवनमा सम्पर्क राख्नुहोस्‌ वा पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई नजीक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्‌। (g95 3/22)

[पृष्ठ ३२-मा भएको चित्र]

यहाँ रूसमा भएजस्तै यहोवाका साक्षीहरूको ठूला जमघटहरूमा न्यानो पारिवारिक अनुभूति व्याप्त हुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने