जातीय समस्याहरूको समाधान
ओक्लहोमा, स.रा.अ.का एक पुरुषले “के सबै जातिहरू कुनै दिन एक भएर बस्नेछन्?” भन्नो लेख भएको अवेक! पत्रिकाको एक प्राति पाएछन्। त्यस व्यक्तिले “प्रिय प्राहरीधरहरा प्राकाशकहरू,” भनेर आफ्नो पत्रमा सम्बोधन गर्दै यसरी लेखे:
“मैले भर्खरै मात्र जातीय समस्याबारे अगस्त २२, १९९३, को अवेक! मा प्राकाशित लेख पढ्ने सुअवसर प्राप्त गरें। यस गम्भीर समस्याप्राति तपाईंहरूको पक्षपातरहित अन्तर्दृष्टि देख्न पाउँदा त म विस्मित र प्राभावित भए।
“विश्वाविद्यालयमा मैले स.रा.को इतिहास विषय लिएको थिएँ र हालै मैले आफ्नो पढाइ पनि सिध्याएँ। तर तपाईंहरूको पत्रिकाको जम्मा ९ पृष्ठहरूमा दिइएको यस विकट समस्याको सङ्क्षिप्त इतिहास, व्याख्या र समाधानले त विश्वाविद्यालयको सम्पूर्ण पढाइ र लेक्चरलाई नै माथ गर्छ। ती लेखहरूको सन्तुलनले गर्दा लेखकहरू कुन जातिका हुन्, त्यो छुट्याउन असम्भव छ।
“जातीय कुरामा मानिसहरू झन् झन् सङ्कीर्ण भइरहेको बेला तपाईंहरूले उपलब्ध गराउन सक्नु भएका यस्तो जानकारी जति पनि छ, त्यससित सबै परिचित हुनु आवश्यक छ। सच्चाइ र सुझबुझसहित प्राकाशन गर्ने साहस राख्नु भएकोमा तपाईंहरूलाई साधुवाद।”
तपाईं आफ्नै घरमा ब्यूँझनुहोस्! पत्रिकाको एक प्राति प्राप्त गर्न चाहनु हुन्छ भने, Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै पनि ठेगानामा लेख्नुहोस्।