पवित्र बाइबल नयाँ संसार अनुवाद मलाकि विषयवस्तु मलाकि विषयवस्तु १ आफ्ना मानिसहरूको लागि यहोवाको प्रेम (१-५) पुजारीहरू खोट भएको बलि चढाउँछन् (६-१४) जातिजातिमाझ परमेश्वरको नाम महान् हुनेछ (११) २ पुजारीहरू मानिसहरूलाई सिकाउनदेखि चुक्छन् (१-९) पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ (७) अन्यायपूर्ण तरिकाले सम्बन्धविच्छेद गर्नेहरू दोषी (१०-१७) ‘“म सम्बन्धविच्छेदलाई घृणा गर्छु,” यहोवा भन्नुहुन्छ’ (१६) ३ साँचो प्रभु मन्दिरलाई शुद्ध गर्न आउँछन् (१-५) करारका दूत (१) यहोवाकहाँ फर्कन प्रोत्साहन (६-१२) यहोवा कहिल्यै परिवर्तन हुनुहुन्न (६) “मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु” (७) ‘सबै दशांश भण्डारमा ल्याओ र यहोवाले आशिष् बर्साउनुहुन्छ’ (१०) धर्मी र दुष्ट मानिस (१३-१८) परमेश्वरको सामुन्ने सम्झनाको एउटा पुस्तक लेखियो (१६) धर्मी र दुष्ट मानिसबीचको भिन्नता (१८) ४ यहोवाको दिन आउनुअघि एलिया आउनेछन् (१-६) “धार्मिकताको सूर्य उदाउनेछ” (२)